मंसिर २७ ,शनिबारको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 172
पढ्न लाग्ने समाय 3 मि.

आज वि.सं. २०८२ साल मंसिर २७ गते शनिबार,  नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर अन्तर्गत पौष कृष्णपक्षको नवमी तिथि रहेको छ । नवमी तिथि बेलुकी ७ बजेर ४४ मिनेटपछि दशमीमा प्रवेश गर्नेछ । आज चन्द्रमा कन्या राशिमा रहनेछ भने उत्तराफाल्गुनी नक्षत्र बिहान ९ बजेर ५१ मिनेटसम्म र त्यसपछि हस्त नक्षत्र रहने ज्योतिषीय गणना छ ।

आज बिहान ५ बजेर ९ मिनेटदेखि ५ बजेर ५७ मिनेटसम्म ब्रह्म मुहूर्त रहेको छ । आनन्दादि योग अनुसार आज उत्पात योग परेकाले कामकाजमा सतर्कता अपनाउन ज्योतिषीहरूको सुझाव छ ।

१.मेष
आज मेष राशिका लागि आर्थिक पक्ष कमजोर देखिन्छ । विवादबाट टाढा रहनु उपयुक्त हुनेछ । पढाइ तथा प्रतिस्पर्धामा अपेक्षित सफलता नआउन सक्छ भने प्रेम सम्बन्धमा चिसोपन बढ्न सक्छ । खेलकुद तथा मनोरञ्जन क्षेत्रमा भने समय अनुकूल रहनेछ ।

२.वृष
वृष राशिका व्यक्तिहरूका लागि आज व्यापारबाट नाफा आर्जन हुने योग छ । सन्तानको प्रगतिले मन खुसी बनाउनेछ । आकस्मिक धनलाभ, उपहार प्राप्ति तथा नयाँ योजना अघि बढाउने अवसर मिल्ने देखिन्छ ।

३.मिथुन
आफन्तसँग दूरी बढ्न सक्ने तथा दाम्पत्य जीवनमा सामान्य मनमुटाब देखिन सक्छ । व्यापारमा समय धेरै खर्चिनुपर्नेछ । कृषि र पशुपालनमा लगानी गर्नेहरूका लागि भने दिन फलदायी रहनेछ ।

४.कर्कट
आज कर्कट राशिका व्यक्तिहरूले नियमसंगत काम गर्नुपर्छ । छिमेकी तथा आफन्तसँग विवादको सम्भावना छ । छोटो दूरीको यात्रा कष्टकर हुन सक्छ । कागज तथा प्रेससम्बन्धी कामबाट भने आम्दानी हुने योग छ ।

५.सिंह
व्यापारबाट राम्रो आम्दानी हुने दिन छ । रोकिएको धन फिर्ता हुने संकेत छ । अध्ययन, कला, गीत–संगीत तथा मोडलिङ क्षेत्रमा संलग्नहरूका लागि समय अनुकूल रहनेछ । परिवारसँग रमाइलो क्षण बित्नेछ ।

६.कन्या
आजको दिन कन्या राशिका लागि अत्यन्त शुभ रहनेछ । आर्थिक अवस्था मजबुत हुनेछ । खेलाडी र विद्यार्थीहरूले अपेक्षित सफलता पाउनेछन् । प्रेम सम्बन्धमा सुधार तथा पारिवारिक यात्राको योग देखिन्छ ।

७.तुला
लगानी गर्दा धैर्य गर्नुपर्ने दिन छ । पढाइ तथा व्यापारमा मेहनत बढाउनुपर्नेछ । विदेशी लगानी वा विदेशसँग सम्बन्धित कामबाट भने लाभ लिन सकिने संकेत देखिन्छ ।

८.वृश्चिक
पैतृक सम्पत्ति तथा प्राकृतिक स्रोतको प्रयोगबाट लाभ हुनेछ । अध्ययनमा उत्कृष्ट सफलता मिल्नेछ । प्रेम, यात्रा र सवारी साधन प्राप्तिको योग रहेको छ ।

९.धनु
आज धनु राशिका लागि आर्थिक पक्ष कमजोर देखिन्छ । खर्च बढ्ने र आलोचना खेप्नुपर्ने सम्भावना छ । पढाइ र प्रेममा अविश्वास बढ्न सक्छ । यात्रा तथा मनोरञ्जनले भने मन हलुका बनाउनेछ ।

१०.मकर
धर्म, अध्यात्म तथा व्यापारमा सफलता मिल्ने दिन छ । अध्ययनमा राम्रो नतिजा हात पर्नेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा सामाजिक कामप्रति रुचि बढ्नेछ ।

११.कुम्भ
कामको चाप बढे पनि स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ । गोपनीयता भंग हुने र आफन्तसँग विवादको सम्भावना छ । अध्ययन तथा कामका लागि लामो दूरीको यात्रा हुने योग छ ।

१२.मीन
व्यापारबाट उच्च प्रतिफल प्राप्त हुने संकेत छ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । अध्ययन, यात्रा तथा अतिथि सत्कारको अवसर मिल्नेछ ।

शेयर गर्नुहोस