वि.सं. २०८२ साल मंसिर २८ गते आइतबार, पुष कृष्ण पक्षको दशमी तिथि रहेको छ । नक्षत्र र चन्द्रमाको स्थितिका आधारमा तय गरिने १२ राशिको आजको दिनको फल यस प्रकार रहेको छ :
१.मेष : आजको दिन सामान्य रहनेछ । रोगसँग लड्ने क्षमता बढ्ने भएकाले उपचाररत व्यक्तिलाई लाभ मिल्ने संकेत छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । ठूला व्यक्तिको सेवामा समय बित्न सक्छ । आफन्तबाट प्रयोग हुने सम्भावना रहेकाले सचेत रहनु उपयुक्त हुनेछ ।
२.वृष :
दिन सहज रहनेछ । थोरै श्रमबाट राम्रो आम्दानीको योग छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रयास गरेका अधिकांश काममा सफलता मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।
३.मिथुन :
बोली र व्यवहारमा विशेष सावधानी अपनाउनुपर्ने दिन छ । दुवैमा एकरुपता आवश्यक देखिन्छ । परिवारको सुझाव अनुसार अगाडि बढेमा विभिन्न क्षेत्रमा सफलता मिल्नेछ ।
४.कर्कट :
दिन सामान्य भन्दा राम्रो रहनेछ । साथीभाइको साथ र सहयोग मिल्नेछ । राजनीतिमा सेवाको अवसर प्राप्त हुन सक्छ । रोग प्रतिरोधात्मक क्षमता बढे पनि परिवारभित्र खटपटी बढ्ने जोखिम देखिन्छ ।
५.सिंह :
शिक्षा र व्यापार क्षेत्रमा गरेको प्रयास सफल बन्ने योग छ । एकल लगानीबाट फाइदा हुने संकेत छ । गोपनीयतालाई सुरक्षित राख्नु राम्रो हुनेछ । तपाईंको गतिविधि नियाल्ने मानिस सक्रिय भएकाले गोप्य ढंगले काम गर्दा लाभ मिल्नेछ ।
६.कन्या :
आजको दिन राम्रो रहनेछ । आम्दानीको योग छ । साथीभाइसँग घुमफिरको योजना बन्न सक्छ । शिक्षा र व्यापारमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रप्रतिको आकर्षण बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।
७.तुला :
कला र वाणीको प्रशंसा हुने दिन छ । परिवारको सल्लाह अनुसार गरेको काममा सफलता मिल्नेछ । सञ्चित धन खर्च हुने सम्भावना छ । बोलीमा संयम आवश्यक छ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।
८.वृश्चिक :
स्वास्थ्यले साथ दिनेछ । बोली र व्यवहारमा असन्तुलन भए समस्या आउन सक्छ । बिहान पिपलको दर्शन गरेमा मानसिक शान्ति मिल्नेछ । दाम्पत्य जीवन सहज बन्ने संकेत छ ।
९.धनु :
दिन सकारात्मक रहनेछ । दैनिक काम सहजै पूरा हुनेछन् । समाजमा प्रशंसा प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । गुरुसँग भेटघाटको योग छ । विरोधी सक्रिय भएकाले बोलीमा संयम अपनाउनुपर्नेछ ।
१०.मकर :
आजको दिन राम्रो रहनेछ । प्रशंसा गर्नेहरूको संख्या बढ्नेछ । मनका पीडा पोख्नु राहतदायी हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ । विपक्षी कमजोर भएकाले काम गर्ने अवसर मिल्नेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
११.कुम्भ :
सञ्चित धन खर्च हुने संकेत छ । अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्नु उचित हुनेछ । स्वदेशभन्दा विदेशतर्फको आकर्षण बढ्नेछ । विदेशमा गरिएको लगानीबाट फाइदा मिल्ने योग छ ।
१२.मीन :
साथीभाइसँग भेटघाट हुने दिन छ । मन प्रसन्न रहनेछ । शिक्षामा गरिएको लगानीबाट लाभ हुनेछ । आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
