आज २०८२ साल मंसिर २९ गते सोमबार पुष कृष्ण पक्षको एकादशी तिथि परेको छ। नक्षत्रका आधारमा १२ वटा राशि निर्धारण गरिन्छ। चन्द्रमाको स्थिति र नक्षत्रका पद अनुसार नामकरण तथा व्यक्तिको दैनिकी, व्यवहार र भविष्यको आकलन गरिन्छ। यही आधारमा आजको राशिफल यस प्रकार रहेको छः
१.मेष :
आजको दिन राम्रो देखिन्छ। पठनपाठनमा रुचि बढ्नेछ भने स्वास्थ्यमा पनि सुधार आउने संकेत छन्। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। लगानी गरेका कार्यबाट फाइदा हुने योग छ। स्वदेशभन्दा विदेशप्रति आकर्षण बढे पनि स्वदेशमै गरिएको लगानी लाभदायक हुनेछ।
२.वृष :
साना कुराले मनमा झन्झट बढ्न सक्छ। राज्यको तर्फबाट भय रहने भएकाले व्यवहारमा सचेत रहनुपर्ने देखिन्छ। गोपनीयता सुरक्षित गर्नुपर्ने दिन हो। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
३.मिथुन :
दिन राम्रो छ। लगानीका क्षेत्र सबल देखिन्छन्। दैनिक कामभन्दा व्यापारबाट बढी फाइदा हुनेछ। कतै घुम्न जाने योग पनि बनेको छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।
४.कर्कट :
आजको दिन सहज रहनेछ। मन शान्त रहने संकेत छन्। आफूभन्दा ठूला व्यक्तिको सुझाव लिएर अघि बढ्दा दैनिकी सहज बन्नेछ। कृषि तथा पशुपन्छीको क्षेत्रमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ।
५.सिंह :
दिन राम्रो छ। लगानीका स्रोतहरू विस्तार हुने देखिन्छन्। सानो लगानीबाट पनि आम्दानी बढ्ने योग छ। बोली र व्यवहारमा एकरूपता नहुँदा खटपटी बढ्न सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने साथीको सहयोगले महत्वपूर्ण काम सफल हुनेछ।
६.कन्या :
धनलक्ष्मी योग परेको दिन भएकाले प्राप्त अवसरको सदुपयोग गर्नु उपयुक्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा राम्रो नतिजा आउने संकेत छन्। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत रहनुपर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ।
७.तुला :
मनमा खुशी मिल्नेछ। गुरुबाट लिएको सुझावले भविष्य निर्माणमा सहयोग पुर्याउनेछ। आफूभन्दा ठूला व्यक्तिको सल्लाहअनुसार काम गर्नु राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गर्नु लाभदायक मानिन्छ।
८.वृश्चिक :
दिन सामान्य छ। सहयोगीभन्दा विरोधी साथी बढी देखिने भएकाले व्यवहार गर्दा सचेत रहनुपर्नेछ। बन्धुबाट अपेक्षित साथ नपाइने संकेत छन्, त्यसैले अति विश्वास नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।
९.धनु :
आज मिष्ठान्न भोजनको योग छ। पुराना साथीभाइसँगको भेटले मनमा खुशी मिल्नेछ। गुम्न लागेको धन फिर्ता हात लाग्ने सम्भावना छ। सामाजिक संघसंस्था र राज्यबाट प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेछ। बोली र व्यवहारमा असन्तुलन हुँदा परिवारमा खटपटी बढ्न सक्छ।
१०.मकर :
शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। स्वास्थ्य सबल रहनेछ। वैदेशिक क्षेत्रमा गरिएको लगानी सफल बन्ने संकेत छन्। परिवारका सदस्यले भने तपाईंमाथि शंका गर्न सक्ने भएकाले व्यवहारमा स्पष्टता आवश्यक देखिन्छ।
११.कुम्भ :
आफन्तको सहयोग प्राप्त हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। साथीभाइले साथ दिनेछन्। वैदेशिक रोजगारीबाट आम्दानी हुने योग देखिन्छ।
१२.मीन :
दिन सामान्य छ। आफन्तबाट धोका पाउने सम्भावना भएकाले गोपनीयता सुरक्षित राख्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ। घरका मानिसभन्दा अपरिचित व्यक्तिबाट प्रशंसा पाइने योग छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ।
