आजको राशिफल : २०८२ साल पुस ४ गते शुक्रबार

सखीखबर डट कम
पाठक संख्या - 221
पढ्न लाग्ने समाय 3 मि.

आज २०८२ साल पुस ४ गते शुक्रबार  पौष कृष्ण पक्षको औंसी तिथि रहेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् भने चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा नामकरण तथा दैनिकीसम्बन्धी भविष्यवाणी गरिन्छ । सोही आधारमा आजको राशिफल यस प्रकार रहेको छः

१.मेष :
आजको दिन सामान्यतया राम्रो रहनेछ । व्यापारमा गरिएको लगानीबाट फाइदा हुने संकेत देखिन्छ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा रहेमा स्वास्थ्य समस्या सुधारतर्फ जानेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

२.वृष :
दिन सहज रहनेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता हात लाग्नेछ । स्वदेशमै रोजगारीका नयाँ विकल्प देखिने सम्भावना छ ।

३.मिथुन :
दिन सामान्य रहनेछ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्न सक्छ । दाजुभाइसँग सहकार्य गर्दै अघि बढेमा काम सहज हुनेछ । पठनपाठनप्रति रुचि बढ्नेछ । घरको वातावरण शान्त रहनेछ ।

४.कर्कट :
आजको दिन राम्रो छ । परिवारसँग समय बिताउने अवसर मिल्नेछ । नयाँ लुगा लगाउने योग छ । राजनीतिक क्षेत्रमा प्रगति देखिनेछ । स्वास्थ्यप्रति भने सजग रहनु आवश्यक छ । पारिवारिक मेलमिलाप बढ्नेछ ।

५.सिंह :
खर्च बढ्ने देखिन्छ । असफलतासँग नडराई निरन्तर प्रयास गर्नुपर्ने समय छ । विदेशको मोह त्यागी स्वदेशमै मेहनत गर्दा राम्रो परिणाम मिल्नेछ । शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

६.कन्या :
स्वास्थ्यले साथ दिनेछ । परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ । कृषिमा, विशेषगरी दूधको व्यापार फाइदाजनक रहनेछ । दाजुभाइसँगको मनमुटावले मन दुख्न सक्छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ ।

७.तुला :
शुभग्रहको प्रभावका कारण दिन राम्रो रहनेछ । स्वास्थ्यमा सुधार देखिनेछ । परिवारको सुझाव अनुसार काम गर्दा फाइदा हुनेछ । राजनीतिक क्षेत्रभन्दा व्यापारबाट बढी नाफा हुने संकेत छ । भूमि सम्बन्धी कारोबारबाट लाभ मिल्नेछ ।

८.वृश्चिक :
दिन राम्रो रहनेछ । उत्साहका साथ लगानी गर्ने समय छ । आज गरिएका निर्णय दीर्घकालीन असर पर्ने भएकाले सोचविचार गरेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ । बिहान शिवभजन गरेमा दिन अझ सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

९.धनु :
स्वास्थ्यमा सुधार आउनेछ । समाजसेवाको अवसर मिल्नेछ । मनमा केही अशान्ति बढ्न सक्छ । परिवारबाट अपमानित भएको जस्तो महसुस हुन सक्छ, धैर्य अपनाउनु उपयुक्त हुनेछ ।

१०.मकर :
दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत देखिन्छ । परिवारको सुझाव मानेर अघि बढ्दा लाभ हुनेछ । प्रतिस्पर्धीले अवरोध सिर्जना गर्न सक्छन् । शिक्षाको क्षेत्रमा आलस्य बढ्ने सम्भावना छ ।

११.कुम्भ :
आजको दिन सकारात्मक रहनेछ । स्वास्थ्य क्षेत्रमा गरिएको लगानी सफल बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । घुमफिरको योजना बन्न सक्छ । सम्पत्तिमात्र केन्द्रमा राख्दा इज्जतमा असर पर्न सक्ने भएकाले सचेत रहनु आवश्यक छ ।

१२.मीन :
शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ । सामाजिक शिक्षाभन्दा निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ । राजनीतिमा संलग्न व्यक्तिसँग व्यवहार गर्दा सचेत रहनु पर्नेछ । साथीभाइको राम्रो साथ प्राप्त हुनेछ ।

शेयर गर्नुहोस