पौष ६, बारा : बाराको परवानीपुर गाउँपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएपछि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको छ।गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ गतेदेखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठन–पाठन बन्द रहनेछ। उक्त बिदा वर्षे बिदाबाट कट्टी हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारद्वारा जारी सूचनाअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू तोकिएको समयअनुसार पुनः सञ्चालन हुनेछन्। साथै बिदा अवधिमा मौसम अनुकूल भएमा स्वतः विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था समेत गरिएको छ।
अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
अत्यधिक चिसोका कारण परवानीपुरका विद्यालयमा पाँच दिन बिदा
शेयर गर्नुहोस
