आज पौष ८ मंगलबारको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 154
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस ८ गते मंगलबार,  पौष शुक्ल पक्षको तृतीया तिथि रहेको छ । वैदिक ज्योतिष अनुसार १२ वटा राशि चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा निर्धारण गरिन्छ । यही आधारमा व्यक्तिको दैनिकी, व्यवहार, शिक्षा, स्वास्थ्य, आम्दानी र सम्बन्धको विषयमा भविष्यवाणी गरिन्छ । आजको दिन विभिन्न राशिका लागि कस्तो रहनेछ त ? हेर्नुहोस् आजको राशिफल—
१.मेष
आजको दिन राम्रो रहनेछ । सोचेका काम सफल हुने संकेत छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ भने आम्दानीमा पनि सुधार देखिनेछ । तर साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थिति निम्त्याउन सक्छ । आज कम बोल्नु र सचेत रहनु फाइदाजनक हुनेछ ।
२.वृष
दिन सकारात्मक रहनेछ । शिक्षामा गरेको लगानी फलदायी बन्नेछ । राज्य सेवामा रहेकाहरूका लागि पदोन्नतिको सम्भावना छ । लगानीबाट इज्जत र सम्मान बढ्ने दिन हो । तर प्रतिकारात्मक बोलीले समस्या ल्याउन सक्छ । परिवारप्रतिको कर्तव्य पूरा गर्नु उचित हुनेछ ।
३.मिथुन
साना कुराले मन अशान्त बन्न सक्छ । धार्मिक वा सामाजिक अभियन्तासँगको भेटले मानसिक शान्ति मिल्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या देखिन सक्छ । परिवारबाट भने राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।
४.कर्कट
आज सोचेको काम बन्ने योग छ । राज्य सेवामा रहेकाहरूका लागि महत्वपूर्ण काम पूरा हुने संकेत छन् । प्रतिकार गर्ने बानीले घाटा हुन सक्छ । दिनको सुरुवात दानबाट गरेमा सहजता आउनेछ । परेवालाई दाना दिए शुभ फल मिल्ने विश्वास छ ।
५.सिंह
दिन सामान्य रूपमा राम्रो रहनेछ । साथीभाइले प्रयोग गर्न खोज्न सक्ने भएकाले सचेत रहनु आवश्यक छ । स्वदेशमै नयाँ विकल्प देखेर खुशी हुने समय छ । परिवारसँग रमाइलो समय बित्नेछ । प्रेम सम्बन्ध पनि सुमधुर बन्ने संकेत छन् ।
६.कन्या
आजको दिन सफल रहनेछ । साथीभाइ र आफन्तको राम्रो साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थप्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सहज र सन्तुलित रहनेछ ।
७.तुला
अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्छ । शिक्षामा केही ढिलासुस्ती भए पनि ठूलो घाटा नहुने भएकाले लगानी गर्न सकिने दिन हो । विपक्षी शान्त रहेकाले महत्वपूर्ण काम बन्ने योग छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
८.वृश्चिक
आम्दानीका दृष्टिले दिन राम्रो छ । दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ । साना कुरामा अल्झिनु उपयुक्त छैन । अत्यधिक तर्कले मन अशान्त बनाउन सक्छ । शिक्षामा सफलता मिल्नेछ तर स्वास्थ्यप्रति भने विशेष ध्यान दिनुपर्नेछ ।
९.धनु
दिन अत्यन्त राम्रो रहनेछ । साथीबाट प्रशंसा र साथ प्राप्त हुनेछ । थोरै लगानीबाट सम्पत्ति आर्जन गर्ने अवसर आउन सक्छ । घुमफिरको योजना बन्ने सम्भावना छ । राज्यको दृष्टिकोण सकारात्मक रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
१०.मकर
आज तपाईंको कला र बोलीको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया देखिएकाले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने समय आएको छ । धार्मिक यात्राको योजना बन्न सक्छ, जसले मनलाई शान्त बनाउनेछ ।
११.कुम्भ
साना कुराले झन्झट बढ्न सक्छ । बिहान शिवको भजन सुनेमा दिन सहज बन्ने विश्वास छ । सञ्चित धन खर्च हुने योग छ । शिक्षामा मिहिनेत गरेमा सफलता प्राप्त हुनेछ ।
१२.मीन
आज मन शान्त रहनेछ । उपचाररत व्यक्तिहरूको स्वास्थ्यमा सुधार देखिनेछ । शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा निरन्तर मिहिनेत आवश्यक रहनेछ ।

शेयर गर्नुहोस