आजको राशिफल : २०८२ साल पुस ९ गते बुधबार

सखीखबर डट कम
पाठक संख्या - 119
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस ९ गते बुधबार, पौष शुक्ल पक्षको चतुर्थी तिथि परेको छ । नक्षत्र अनुसार १२ वटा राशि रहने परम्परा छ । चन्द्रमाको स्थिति, राशि तथा नक्षत्रका आधारमा व्यक्तिको दैनिकी, कामकाज, स्वास्थ्य, शिक्षा, व्यवसाय र पारिवारिक जीवनका विषयमा भविष्यवाणी गरिन्छ । आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफलः
१.मेष :
आज सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । बौद्धिक क्षेत्रमा चालेका कदम सफल बन्ने संकेत देखिन्छ । बौद्धिक साथीबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुनसक्छ । संकटको घडीमा भने परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
२.वृष :
थोरै बोलेर र सोचेर अगाडि बढ्दा राम्रो परिणाम मिल्ने दिन हो । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनसक्छ । धार्मिक व्यक्तिसँगको भेटले मन प्रसन्न बनाउनेछ भने साथीभाइसँग भेटघाटको अवसर पनि मिल्नेछ ।
३.मिथुन :
मन चञ्चल बन्ने सम्भावना छ । अनावश्यक चिन्तन गर्दा घाटा हुनसक्छ । अप्रिय समाचार सुन्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा केही समस्या देखिन सक्छ, सचेत रहनु राम्रो हुन्छ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ र सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ ।
४.कर्कट :
दाजुभाइसँगको सहकार्यले लाभ दिलाउने दिन हो । इज्जत र प्रतिष्ठा जोगाउन केही सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । राजनीतिक वा संगठनात्मक पहुँचका कारण महत्त्वपूर्ण काम बन्ने संकेत छ । पश्चिमतर्फको लामो यात्राबाट टाढा रहनु उचित हुनेछ । परिवारको साथले नयाँ कामको सुरुआत हुनसक्छ ।
५.सिंह :
दिन सामान्य रहनेछ । सञ्चित धन खर्च हुने योग छ । साथीभाइले सहयोगभन्दा आलोचना गर्न सक्ने अवस्था देखिन्छ । वैदेशिक रोजगारी वा त्यससम्बन्धी लगानीबाट भने फाइदा मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ र प्रेम सम्बन्ध पनि राम्रो बन्नेछ ।
६.कन्या :
आजको दिन राम्रो छ । सोचेको काम पूरा हुँदा दोहोरो फाइदा मिल्नेछ । शिक्षाको क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुनेछ । मन शान्त रहनेछ । स्वास्थ्य समस्यामाथि विजय पाउने अवस्था छ । परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ ।
७.तुला :
अनुत्पादक क्षेत्रमा गरेको लगानीले मन अशान्त बनाउन सक्छ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । दैनिक कामकाज भने सहज रूपमा अघि बढ्नेछ । शिक्षामा लाभ मिल्नेछ । मन शान्त भए पनि अरूको गलत सल्लाहले जोखिमपूर्ण निर्णय हुनसक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ ।
८.वृश्चिक :
साझेदारीमा गरिएको लगानीले दीर्घकालीन योजनामा सहयोग पुर्‍याउनेछ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मानसिक शान्ति मिल्नेछ । साना कुरामा अल्झिँदा मन अशान्त हुनसक्छ । परिवारसँगको भेटघाटले खुशी प्रदान गर्नेछ ।
९.धनु :
दिन सहज रहनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उपचाररत व्यक्तिहरूलाई स्वास्थ्यमा सुधार र रोगमुक्तिको योग छ । राज्य पक्षबाट साथ र सहयोग प्राप्त हुनेछ । सामाजिक सेवाको अवसर सदुपयोग गरेमा लाभ मिल्नेछ । परिवारको साथ र सहयोगले आत्मबल बढ्नेछ ।
१०.मकर :
आजको दिन राम्रो छ । साथीभाइबाट सकारात्मक साथ र सहयोग प्राप्त हुनेछ । पठनपाठनमा मन जानेछ । सञ्चित धन खर्च हुने भएकाले खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ । शिक्षामा अझ बढी मिहिनेत गर्नुपर्ने समय आएको छ ।
११.कुम्भ :
दिन सामान्य रहनेछ । साना कुराले मनमा झन्झट बढ्न सक्छ । सहयोग गर्नेभन्दा असहयोग गर्ने साथीहरू बढी देखिन सक्छन् । मिहिनेत गरेमा भने सोचेको काम पूरा हुने सम्भावना छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
१२.मीन :
शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल हुने संकेत छ । बोली र व्यवहारमा फरक परे अप्ठेरोमा पर्न सकिने भएकाले सचेत रहनु आवश्यक छ । बोलेको कुरा पूरा गर्नुपर्ने बाध्यता आउन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

शेयर गर्नुहोस