आजको राशिफल : २०८२ साल पुस ११ गते शुक्रबार

सखीखबर डट कम
पाठक संख्या - 108
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस ११ गते शुक्रबार, आज पौष शुक्ल पक्षको षष्ठी तिथि हो । नक्षत्र र चन्द्रमाको अवस्थाअनुसार १२ राशिका जातकहरूको दैनिकी, स्वास्थ्य, शिक्षा, लगानी र पारिवारिक जीवनमा फरक–फरक प्रभाव देखिने ज्योतिषीय अनुमान गरिएको छ । आजको राशिफल यस प्रकार रहेको छः
१.मेष :
आज मन खुशी रहने दिन छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित लगानीबाट फाइदा मिल्ने देखिन्छ । विपक्षीमाथि विजय प्राप्त हुनेछ । अनुत्पादक क्षेत्रमा भइरहेको लगानी कटौती गर्नु उपयुक्त हुनेछ । साथीभाइको सहयोग मिल्नेछ भने परिवारसँगको सम्बन्ध थप सुमधुर बन्नेछ ।
२.वृष :
लगानीबाट लाभ हुने दिन छ । विशेषगरी शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्ने संकेत छ । दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा देखिएको समस्याको समाधान हुने योग छ । पारिवारिक मेलमिलापले दिन सकारात्मक बन्नेछ ।
३.मिथुन :
पठनपाठनमा रुचि बढ्नेछ । नतिजाको पर्खाइमा रहेकाले शुभ खबर सुन्ने सम्भावना छ । मन शान्त रहने दिन हो । परिवारमा अनावश्यक विवाद गरे घाटा हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा मिल्ने देखिन्छ ।
४.कर्कट :
दिन सामान्य रहनेछ । साथीसँग कुराकानी गर्दा सोचविचार गरेर बोल्नु आवश्यक छ । परिवारसँग बसेर रमाइलो गर्ने समय मिल्नेछ । राजनीतिक क्षेत्रमा भने साथीको सहयोग प्राप्त हुनेछ । लामो दूरीको यात्रा तय हुनसक्छ ।
५.सिंह :
आज असन्तुष्टि बढ्नसक्छ । साना कुरामा अल्झनुभन्दा महत्त्वपूर्ण काममा ध्यान दिन सके फाइदा हुनेछ । बिहान केही खटपटी भए पनि दिउँसोपछि महत्त्वपूर्ण काम बन्ने योग छ । स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सतर्कता अपनाउनु आवश्यक छ । परिवारलाई समय दिने अवसर मिल्नेछ ।
६.कन्या :
दिन निकै राम्रो छ । धनलक्ष्मी योगलाई सदुपयोग गर्न सके आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन् । व्यापारमा लगानी गर्नका लागि दिन अनुकूल छ । परिवारमा सुख प्राप्त हुनेछ । दाम्पत्य जीवन सफल र सन्तुलित रहनेछ ।
७.तुला :
दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद उत्पन्न हुनसक्छ । सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । परोपकार गर्ने बानीले समय र धन खर्च हुनसक्छ । शिक्षामा गरिएको लगानीबाट भने फाइदा मिल्ने योग छ ।
८.वृश्चिक :
व्यापारमा फाइदा हुने दिन छ । घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । साना कुरामा अल्झिए मन अशान्त बन्नसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने संकेत देखिन्छ ।
९.धनु :
दिन राम्रो भएकाले सोचेका कामहरू पूरा हुने सम्भावना छ । साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन् । उपचारको क्रममा रहेकाको स्वास्थ्यमा सुधार आउनेछ । राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ ।
१०.मकर :
आज मिष्ठान्न भोजन प्राप्त हुने योग छ । साथीभाइसँगको भेटघाटले दिन रमाइलो बन्नेछ । लामो यात्रा तय हुनसक्छ । पठनपाठनमा भने जोसजाँगर केही कम देखिनेछ ।
११.कुम्भ :
मन अशान्त रहने सम्भावना भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । एकल लगानीबाट घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु उपयुक्त हुनेछ । बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरे दैनिकी सहज बन्ने विश्वास गरिएको छ ।
१२.मीन :
पश्चिमतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ । पढाइमा मन नजाँदा निराशा बढ्नसक्छ । बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

शेयर गर्नुहोस