रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना कामदार घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परेर कटहरिया नगरपालिका–९ बलुवा गाउँका ४० वर्षीय लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो। विस्फोटबाट डिस्टिलरी परिसरमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार घटनामा बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत थप उपचारका लागि वीरगंज पठाइएको प्रहरीले जनाएको छ।
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ
कटहरियास्थित ज्योति डिस्टिलरीमा बोइलर विस्फोट: एकको मृत्यु, ६ घाइते
शेयर गर्नुहोस
