आज २०८२ साल पुस १४ गते सोमबार, पौष शुक्ल पक्षको नवमी तिथि रहेको आजको दिन चन्द्रमाको स्थिति र नक्षत्रका आधारमा १२ राशिका व्यक्तिहरूको दैनिकी, स्वास्थ्य, लगानी, पारिवारिक सम्बन्ध र कर्मक्षेत्रसम्बन्धी भविष्यवाणी यस प्रकार रहेको छ।
१.मेष:
मनमा खुशी मिल्ने दिन छ। थोरै लगानीबाट पनि फाइदा हुने योग देखिन्छ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षीहरू शान्त बन्ने संकेत छन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु उपयुक्त हुनेछ।
२.वृष:
दिन सामान्य रहनेछ। कामकाजमा अवरोध र बाधा देखिन सक्छ। उत्तर दिशातर्फ लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरिएको लगानीबाट फाइदा हुने योग छ। स्वास्थ्यमा सुधार आउने संकेत छन्।
३.मिथुन:
समय अनुकूल देखिन्छ। साथीभाइको साथ मिल्नेछ। दैनिकीका काममा हिम्मत आवश्यक छ। पुरानो रोगले सताउन सक्छ। प्राविधिक शिक्षामा गरिएको लगानी लाभदायक हुनेछ।
४.कर्कट:
थालेका काम पूरा हुनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो हुनेछ।
५.सिंह:
नयाँ कामको थालनीका लागि उपयुक्त दिन छ। परिवारको सल्लाहमा अघि बढेमा काम सहज हुनेछ। स्वास्थ्यले साथ दिने भएकाले मन शान्त रहनेछ। मान्यजनको आशिर्वाद प्राप्त हुनेछ।
६.कन्या:
खर्च कटौती गर्नुपर्ने अवस्था देखिन्छ। बन्धु–बान्धवसँगको सहकार्य लाभदायक हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने संकेत छन्।
७.तुला:
चन्द्रमा अनुकूल रहेकाले दिन सहज रहनेछ। कला र गलाको प्रशंसा हुनेछ। आम्दानी बढ्ने योग छ। राजनीतिक क्षेत्रमा सक्रिय भए समाजसेवाको अवसर मिल्न सक्छ। परिवारमा भने आफ्ना कुरा नबिक्ने जोखिम छ।
८.वृश्चिक:
अनुत्पादक क्षेत्रमा खर्च बढ्दा मन अशान्त हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। लगानी गर्दा सचेत रहनु आवश्यक छ। संयुक्त लगानीबाट फाइदा हुने संकेत छन्। कृषि क्षेत्रमा सफलता मिल्नेछ।
९.धनु:
कृषि कर्ममा सफलता मिल्नेछ। फलफूल र दूधजन्य व्यापार फस्टाउने योग छ। नयाँ योजना बनाउने उपयुक्त दिन हो। शिक्षामा गरिएको लगानीमा केही ढिलासुस्ती हुन सक्छ।
१०.मकर:
दिन सामान्य रहनेछ। साना कुराले मनमा चिन्ता बढ्न सक्छ। ठूला योजनामा हात नहाल्नु राम्रो हुनेछ। स्वास्थ्य राम्रो रहेकाले मानसिक शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
११.कुम्भ:
धार्मिक कार्यमा सहभागी भए दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। बिहान पिपलको दर्शन गरे मन शान्त रहने योग छ। प्रेम सम्बन्ध सुदृढ बन्ने संकेत छन्।
१२.मीन:
मनमा चञ्चलता बढ्न सक्छ। शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ। मिहिनेतलाई प्राथमिकता दिएमा दिन सहज बन्नेछ। परिवारको साथ मिल्नेछ र श्रमको उचित फल प्राप्त हुनेछ।
आजको राशिफल: २०८२ पुस १४ गते सोमबार
शेयर गर्नुहोस
