बलरा नगरपालिकाद्वारा जाडो प्रभावित नागरिकलाई कम्बल वितरण सुरु

सखीखबर डट कम
पाठक संख्या - 129
पढ्न लाग्ने समाय 1 मि.

पौष १५, सर्लाही : सर्लाही जिल्लाको बलरा नगरपालिकामा जाडोको प्रकोपबाट प्रभावित नागरिकहरूलाई लक्षित गर्दै कम्बल वितरण कार्यक्रम सुरु गरिएको छ। बलरा नगरपालिकाको आर्थिक सहयोगमा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले मंगलबार औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो।
पछिल्ला केही दिनदेखि अचानक मौसममा आएको परिवर्तन, अत्यधिक शीतलहर र चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा विपन्न वर्गको दैनिकी कष्टकर बन्दै गएको छ। यस्तो अवस्थामा नगरपालिकाले राहतस्वरूप कम्बल वितरण थालेको हो।
कम्बल प्राप्त गरेपछि लाभग्राहीहरूले राहत महसुस गरेको नगर प्रमुख कुशवाहाले जानकारी दिनुभयो। उहाँका अनुसार, चिसोका कारण कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने मानवीय उद्देश्यका साथ नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। साथै, जाडोको मौसमभर आवश्यक परे थप राहत कार्यक्रमहरू पनि अघि बढाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
स्थानीयवासीहरूले नगरपालिकाको यस पहलको स्वागत गर्दै यसले चिसोबाट जोगिन ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

शेयर गर्नुहोस