लिची बगैँचा जग्गा प्रकरण: पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशमा थुनामा

सखीखबर डट कम
पाठक संख्या - 294
पढ्न लाग्ने समाय 1 मि.

पौष १६, काठमाडौँ : पोखराको लिची बगैँचा जग्गा प्रकरणमा पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ। बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा तत्कालीन मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको तथा खमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष पदमा नियुक्त गराउन सहजीकरणका लागि २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको छ।
यस प्रकरणमा मन्त्री गुप्ताले घुस लेनदेनबारे ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान थालेको थियो। अडियो सार्वजनिक भएसँगै प्रकरणले राजनीतिक र प्रशासनिक क्षेत्रमा ठूलो चर्चा पाएको थियो।
अनुसन्धानपछि अख्तियारले पूर्वमन्त्री राजकुमार गुप्ता, तत्कालीन भूमि मन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो। अदालतको पछिल्लो आदेशसँगै लिची बगैँचा जग्गा प्रकरणले नयाँ मोड लिएको

शेयर गर्नुहोस