आजको राशिफल : पुस २० गते आइतबार, दैनिकी र भविष्यफल

सखीखबर डट कम
पाठक संख्या - 98
पढ्न लाग्ने समाय 3 मि.

काठमाडौं : आज २०८२ साल पुस २० गते आइतबार, माघ कृष्ण पक्षको प्रतिपदा तिथि रहेको छ । वैदिक ज्योतिष अनुसार चन्द्रमाको स्थिति र नक्षत्रका आधारमा नामकरण तथा व्यक्तिको दैनिकी, स्वभाव र भविष्यको विश्लेषण गरिन्छ । आजको दिन १२ राशिका लागि यस्तो देखिन्छ भविष्यफल—
१.मेष :
दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुने संकेत छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी वा आलोचकबाट समेत प्रशंसा पाइने योग छ । तर बोली र व्यवहारमा एकरुपता नदेखाउँदा मानसिक खटपटी बढ्न सक्छ ।
२.वृष :
दिन सामान्य रहनेछ । बोलीकै कारण अप्ठेरो परिस्थितिमा पर्न सक्ने भएकाले सचेत रहनु उचित हुन्छ । शिक्षा क्षेत्रमा गहिरो अध्ययनले नयाँ अवसर सिर्जना गर्नेछ । आम्दानीका स्रोत प्रशस्त भए पनि सदुपयोगमा ध्यान दिन आवश्यक छ ।
३.मिथुन :
दिन राम्रो छ । शान्त भएर काम गर्नु लाभदायक हुनेछ । खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । शिक्षामा गरेको मिहिनेतको उचित फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने संकेत छ ।
४.कर्कट :
दैनिकी अत्यन्त राम्रो देखिन्छ । दैनिक कार्य सहज रूपमा सम्पन्न हुनेछन् । स्वास्थ्यमा सुधार आउँदा उत्साह बढ्नेछ । शिक्षामा प्रगति हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।
५.सिंह :
धनको पछि लाग्दा सामाजिक इज्जतमा आँच आउने जोखिम छ । उत्तरतर्फको लामो यात्रा टार्नु उचित हुनेछ । परिवारको सल्लाह लिएर मात्र निर्णय गर्नु लाभदायक हुन्छ । प्रेम सम्बन्धमा भने सुधार आउनेछ ।
६.कन्या :
दिन सामान्य छ । लगानीका क्षेत्रमा अपेक्षित नतिजा नआउने सम्भावना छ । परिवार र साथीबाट असहयोग हुन सक्ने भएकाले व्यवहारमा सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा भने क्रमशः सुधार देखिन्छ ।
७.तुला :
दिन राम्रो छ । उपचारमा रहेकाहरूको स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ । व्यापार–व्यवसायमा उन्नतिको संकेत छ ।
८.वृश्चिक :
शिक्षा क्षेत्रमा भाग्यको साथ मिल्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । पश्चिमतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काम सफल बन्नेछ ।
९.धनु :
गुम्न लागेको सम्पत्ति फिर्ता पाउने योग छ । स्वास्थ्यमा सुधार आउनेछ । शिक्षामा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु लाभदायक हुन्छ । बौद्धिक व्यक्तिसँगको सहकार्यले फाइदा दिलाउनेछ ।
१०.मकर :
दिन राम्रो छ । सामाजिक क्षेत्रमा सहयोग र साथ प्राप्त हुनेछ । खर्च बढ्ने सम्भावना भएकाले अनावश्यक खर्चबाट जोगिनु राम्रो हुन्छ । उपचारमा रहेकाहरूको स्वास्थ्यमा सुधार आउनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
११.कुम्भ :
दिन शुभ छ । व्यापारमा उन्नति हुने योग देखिन्छ । हरेक काममा कम बोलेर व्यवहारिक रूपमा अगाडि बढ्नु उपयुक्त हुनेछ । धार्मिक अभियन्तासँगको भेटले मानसिक शान्ति मिल्नेछ । परिवारको सल्लाह लिएर निर्णय गर्नु लाभदायक हुन्छ ।
१२मीन :
दैनिक काममा मिहिनेत बढाउनुपर्ने देखिन्छ । जटिल ठानेका कामहरू सहजै पूरा हुनेछन् । साढेसातीको सुरुवात भएकाले बोली र व्यवहारमा एकरुपता आवश्यक छ । कुनै पनि काम अघि बढाउनु अघि परिवारको सल्लाह लिनु उचित हुनेछ ।

शेयर गर्नुहोस