आजको राशिफल : २०८२ पुस २१ गते सोमबार

सखीखबर डट कम
पाठक संख्या - 72
पढ्न लाग्ने समाय 3 मि.

काठमाडौं — आज २०८२ साल पुस २१ गते सोमबार,  कृष्ण पक्षको द्वितीया तिथि रहेको छ । आज सिख धर्मका दशौँ गुरु गुरु गोविन्द सिंह जयन्ती पनि मनाइँदैछ । नक्षत्र र चन्द्रमाको स्थितिअनुसार १२ वटा राशिको दैनिकीबारे भविष्यवाणी यस प्रकार रहेको छ ।
१.मेष :
दिन सामान्य रहनेछ । साथीभाइ अनुकूल भएकाले व्यापारमा गरिएको प्रयास सफल बन्ने सम्भावना छ । बिचौलियासँग सचेत नभएमा सम्पत्ति खर्च हुन सक्छ । स्वास्थ्यमा सुधार देखिनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उपयुक्त हुनेछ ।
२.वृष :
दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । बन्धुबाट धोका हुन सक्ने भएकाले गोपनीय कुरा बाहिर नल्याउनु राम्रो हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
३.मिथुन :
दिन सामान्य छ । बोली र व्यवहारमा एकरूपता नहुँदा साथीभाइ टाढा हुन सक्छन् । राज्यपक्षबाट अपेक्षित सहयोग नहुने संकेत छ, त्यसैले काम गर्दा सतर्कता आवश्यक छ । आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण रहनेछ ।
४.कर्कट :
दिन सहज भए पनि मनमा खटपटी बढ्नेछ । संकटमा साथ दिने साथीहरूको कमी हुनेछैन । विश्वास गरेका व्यक्तिबाटै सचेत रहनुपर्ने अवस्था आउन सक्छ । धार्मिक भ्रमणको अवसर मिल्ने योग छ ।
५.सिंह :
दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले आम्दानी बढ्ने सम्भावना छ । मनमा आएका नकारात्मक सोच हटाउन धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ । उत्तर दिशातर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारसँग मिलेर काम गर्दा फाइदा हुनेछ ।
६.कन्या :
दिन राम्रो छ । आज लिएका निर्णय दीर्घकालीन प्रभाव पार्नेछन् । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्न सक्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ ।
७.तुला :
दिन सामान्य छ । आफूलाई ठूलो र अरूलाई सानो ठान्ने बानीले घाटा पुर्‍याउन सक्छ । बौद्धिक व्यक्तिसँगको भेट लाभदायक हुनेछ । शिक्षामा लगानी विस्तार गर्न उपयुक्त समय छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या देखिन सक्छ ।
८.वृश्चिक :
दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सरस्वतीको आराधना गर्न उपयुक्त समय छ, जसले शैक्षिक मार्गदर्शन प्रदान गर्नेछ । सानो कुराले मन चञ्चल बन्न सक्छ । धार्मिक कार्यमा सहभागी भए दिन सहज बन्नेछ ।
९.धनु :
दिन सामान्य छ । मन अशान्त रहन सक्छ । समाजबाट आउने नकारात्मक टिप्पणीलाई धैर्यतापूर्वक सामना गर्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
१०.मकर :
शिक्षामा प्रगति हुनेछ । सरस्वतीको आराधनाले मनमा शान्ति मिल्नेछ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा अझै मिहिनेत आवश्यक देखिन्छ ।
११.कुम्भ :
दिन सामान्य छ । हरेक क्षेत्रमा कडा मिहिनेत गर्नुपर्ने समय आएको छ । अड्किएको लगानी उठाउन थप प्रयास गर्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
१२.मीन :
दिन सहज रहनेछ । परिवारको सुझावअनुसार अगाडि बढेमा फाइदा हुनेछ । राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ । परिवारसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ ।

शेयर गर्नुहोस