साक्षर मधेश प्रदेश घोषणा तयारीका लागि जनकपुरमा एकदिने गोष्ठी सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 101
पढ्न लाग्ने समाय 1 मि.

जनकपुरधाम, पौष २१ : आज नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौंको आयोजनामा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधामको समन्वय तथा सेभ द चिल्ड्रेनको सहजीकरणमा “साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी एकदिने गोष्ठी” कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।
गोष्ठी कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुन रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी शर्मा तिवारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा साक्षर मधेश प्रदेश घोषणा गर्ने उद्देश्य, हालको साक्षरता अवस्था, चुनौतीहरू तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री पुनले साक्षरता मानव विकासको आधार भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्र लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो। त्यस्तै, मन्त्री तिवारीले मधेश प्रदेशमा साक्षरता अभिवृद्धिका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको जानकारी गराउनुभयो।
गोष्ठीमा प्रदेश सभा सदस्यहरू, मन्त्रालयका सचिव तथा उपसचिवहरू, स्थानीय तहका नगर प्रमुख तथा उप–प्रमुखहरू, नीति आयोगका सदस्यहरू, उच्चस्तरीय विज्ञ कार्यदलका संयोजक तथा सदस्यहरू, विभिन्न कार्यालय प्रमुख, शिक्षा प्रमुखहरू तथा एनजीओ/आईएनजिओका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शेयर गर्नुहोस