आजको राशिफल २०८२पुस २३गते

सखीखबर डट कम
पाठक संख्या - 83
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस २३ गते बुधबार  माघ कृष्ण पक्षको चतुर्थी तिथि तथा अरनिको स्मृति दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि रहने र चन्द्रमाको अवस्था तथा नक्षत्रका पदका आधारमा व्यक्तिको दैनिकी, व्यवसाय, स्वास्थ्य र सम्बन्धका विषयमा भविष्यवाणी गरिन्छ । आजको राशिफल यसप्रकार रहेको छः
१.मेष :
आज खर्च बढ्ने संकेत देखिन्छ । अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्नुपर्नेछ । साना कुराले मनमा खटपटी बढ्न सक्छ । विपक्षी वा टाढिएका साथीको सहयोग मिल्ने भएकाले काम गर्ने वातावरण बन्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुने योग छ ।
२.वृष :
दिन सहज र सकारात्मक रहनेछ । नयाँ साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ । राज्यको सेवा वा सार्वजनिक क्षेत्रमा अवसर प्राप्त हुने सम्भावना छ । थोरै लगानीबाट पनि व्यापारमा राम्रो आम्दानी हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्ने संकेत छ ।
३.मिथुन :
घरभित्रभन्दा बाहिरका व्यक्तिबाट सहयोग मिल्ने दिन हो । धार्मिक वा अनुभवी व्यक्तिसँगको भेटले नयाँ अवसर दिलाउन सक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमै देखिने विकल्पले मन खुशी हुनेछ । निर्णय गर्दा परिवारको सल्लाह लिनु उचित हुनेछ ।
४.कर्कट :
शिक्षा क्षेत्रमा प्रगति हुने देखिन्छ । दाजुभाइ तथा नजिकका आफन्तको साथ मिल्नेछ । भूमि वा जग्गासम्बन्धी कारोबारमा फाइदा हुनेछ । पश्चिम दिशातर्फको लामो यात्रा भने टार्नु राम्रो हुनेछ ।
५.सिंह :
आज नयाँ काम थालनी गर्न उपयुक्त समय छ । पहिले योजना बनाएको काम सुरु गर्दा लाभ हुनेछ । आम्दानीका दृष्टिले दिन सहज रहनेछ । राज्य वा सरकारी सेवाबाट सन्तुष्टि मिल्नेछ । तर परिवारभित्र विश्वासघात वा निराशा हुनसक्ने संकेत छ ।
६.कन्या :
स्वास्थ्य समस्या देखिनसक्ने भएकाले सतर्क रहनु आवश्यक छ । तपाईंको सहयोगमा विपक्षी पनि जुट्ने भएकाले महत्त्वपूर्ण काम बन्नेछ । निर्णय गर्दा दीर्घकालीन सोच राख्नु राम्रो हुनेछ । परिवारसँग समय बिताउने अवसर प्राप्त हुनेछ ।
७.तुला :
बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । निजी शिक्षामा गरिएको लगानीबाट फाइदा हुनेछ । राज्यका अंगमा कार्यरत हुनुहुन्छ भने पदोन्नतिको योग छ । धार्मिक व्यक्तिसँगको सहकार्य लाभदायक हुनेछ ।
८.वृश्चिक :
शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ । अन्य क्षेत्रमा भने लगानी नगर्नु उपयुक्त देखिन्छ । बौद्धिक प्रतिस्पर्धा वा आलोचनाको सामना गर्नुपर्ने भएकाले सचेत रहनु आवश्यक छ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्ने जोखिम छ ।
९.धनु :
उपचारको क्रममा हुनुहुन्छ भने स्वास्थ्यमा सुधार आउनेछ । खानपानमा लापरबाही गरे पुरानो रोगले सताउन सक्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
१०.मकर :
आज ठूलो लगानी नगर्नु राम्रो हुनेछ । साथीभाइसँगको सहकार्य अघि बढाएमा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती देखिन सक्ने भएकाले काम अघि बढाउँदा सचेत रहनु आवश्यक छ । प्रेममा अत्यधिक विश्वास गर्दा घाटा हुनसक्ने संकेत छ ।
११.कुम्भ :
मन शान्त र सकारात्मक रहनेछ । आफ्नै कामबाट आत्मसन्तुष्टि मिल्नेछ । धनलक्ष्मी योगका कारण आम्दानी बढ्ने सम्भावना छ । स्वास्थ्यतर्फ भने सचेत रहनु राम्रो हुनेछ । संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ ।
१२.मीन :
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । शिक्षाको क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्नेछ । परिवारको तर्फबाट राम्रो रेखदेख तथा सहयोग प्राप्त हुनेछ । उत्तर दिशातर्फको लामो यात्रा नगर्नु उचित देखिन्छ

शेयर गर्नुहोस