आज २०८२ साल पुस २५ गते शुक्रबार,कृष्ण पक्षको षष्ठी उपरान्त सप्तमी तिथि रहेको छ । वैदिक ज्योतिष अनुसार नक्षत्र र चन्द्रमाको स्थितिका आधारमा १२ वटा राशिको दैनिकीबारे यस्तो भविष्यवाणी गरिएको छः
१.मेष :
अचानक खर्च बढ्ने योग छ । स्वास्थ्यमा केही गडबडी देखिन सक्छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशप्रतिको आकर्षण बढ्नेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने संकेत छ ।
२.वृष :
कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ । स्पष्ट वक्ता बन्न सकेमा प्रगति हुने देखिन्छ । शिक्षामा गरेको लगानीले राम्रो आम्दानी दिनेछ । राज्यतर्फबाट सेवाको अवसर मिल्न सक्छ ।
३.मिथुन :
आम्दानी बढ्ने दिन छ । बोली प्रभावशाली हुने भएकाले बोलेको कुरा कार्यान्वयन हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उपयुक्त हुनेछ । कुनै शुभकार्यमा सहभागी हुने योग छ ।
४.कर्कट :
दिन सामान्य रहनेछ । साथीभाइको आलोचना सुन्नुपर्ने हुनसक्छ । शनिदेव अनुकूल भए सुरु गरेका काम सफल हुनेछन् । संकटको बेला परिवारको साथ मिल्नेछ ।
५.सिंह :
दिन राम्रो छ । थोरै लगानीमा पनि राम्रो आम्दानी हुनसक्छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बनाउनेछ । पारिवारिक गोपनीयता जोगाउनु हितकर हुनेछ । कम बोलेर अगाडि बढे दिन सहज रहनेछ ।
६.कन्या :
कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी गरेकालाई फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्यबाट लाभ मिल्नेछ । उपचाररत रोगमा सुधार आउने संकेत छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।
७.तुला :
अरुको विश्वास गर्दा घाटा हुनसक्छ, विवेक प्रयोग गर्नु आवश्यक छ । घरभन्दा बाहिरका व्यक्तिबाट सहयोग मिल्ने सम्भावना छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानी फलदायी हुनेछ ।
८.वृश्चिक :
आज आम्दानीको योग छ । साथीभाइसँगको भेटले मन प्रफुल्ल हुनेछ । स्वास्थ्यमा सुधार र पठनपाठनप्रति रुचि बढ्नेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
९.धनु :
दिन निकै राम्रो छ । बोलेको कुरा कार्यान्वयन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सुरु गरेका काम सफल बन्नेछन् । स्वदेशमै अवसर देखेर मनमा खुशीयाली छाउनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।
१०.मकर :
शास्त्र अध्ययनमा सफलता मिल्ने योग छ । बिहान शिव भजन सुनेमा मानसिक शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेम सम्बन्ध अझ प्रगाढ बन्ने संकेत छ ।
११.कुम्भ :
मन अशान्त रहन सक्छ । गुरु वा अनुभवी व्यक्तिको साथ लिएर समस्या समाधान गर्न सकिनेछ । रोगले सताउने जोखिम छ । धार्मिक व्यक्तिको सल्लाहमा अघि बढ्नु लाभदायी हुनेछ ।
१२.मीन :
दिन राम्रो छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । बोली र व्यवहारमा एकरुपता राखे दिन सहज बन्नेछ । मन मिल्ने व्यक्तिसँग समय बिताउने अवसर प्राप्त हुनेछ ।
आजको राशिफल : पुस २५ गते शुक्रबार
शेयर गर्नुहोस
