आजको राशिफल : पुस २९ गते मंगलबार

सखीखबर डट कम
पाठक संख्या - 210
पढ्न लाग्ने समाय 3 मि.

आज २०८२ साल पुस २९ गते मंगलबार  माघ कृष्ण पक्षको दशमी तिथि तथा राष्ट्रिय भाक्का दिवस परेको छ। नक्षत्र अनुसार १२ वटा राशि निर्धारण गरिन्छन्। चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा नामाकरण तथा व्यक्तिको दैनिकीसम्बन्धी भविष्यवाणी गरिने ज्योतिषीय मान्यता रहँदै आएको छ। सोही आधारमा आजको दिनको राशिफल यस प्रकार रहेको छः
१.मेष :
समय अनुकूल देखिन्छ। बोलीमा सरस्वतीको बास भएकाले प्रशंसा पाइनेछ। तर बोल्दा संयम अपनाउनु आवश्यक छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट लाभ हुने संकेत छ। परिवारमा भने विश्वासको कमी देखिन सक्छ।
२.वृष :
दिन राम्रो रहनेछ। आम्दानीका अवसर प्राप्त हुनेछन्। पूर्वतर्फको यात्रामा अचानक खर्च बढ्न सक्छ। परिवारसँग समय बित्ने भएकाले दिन रमाइलो रहनेछ। प्रेम सम्बन्धमा भेटघाटको योग छ।
३.मिथुन :
शिक्षा, स्वास्थ्य तथा वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ। आर्थिक उन्नति देखिन्छ। मानसिक खटपटीले हानी पुर्‍याउन सक्छ, संयम अपनाउनु राम्रो हुन्छ। पारिवारिक मेलमिलापको योग छ।
४.कर्कट :
दैनिकी सामान्य रहनेछ। गुमेको धन र टाढिएका साथी भेटिने सम्भावना छ। विरोधी तत्व सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। विचार पुर्‍याएर अघि बढ्नु सुरक्षित हुनेछ।
५.सिंह :
समय राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा सकारात्मक संकेत छन्। पेटसम्बन्धी समस्या देखिन सक्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
६.कन्या :
समय अनुकूल छ। हरेक क्षेत्र सबल देखिन्छ। स्वदेशमै नयाँ विकल्प देखिनेछ। परिवारमा विश्वासको कमी महसुस हुन सक्छ। गणेश दर्शन गरेमा दिन अझ सहज हुने विश्वास छ।
७.तुला :
सबै क्षेत्र अब्बल रहनेछन्। आज परोपकार गर्नु शुभ मानिन्छ। धेरै व्यक्तिहरू तपाईंको प्रतीक्षामा रहनेछन्। पारिवारिक शत्रुबाट समेत सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
८.वृश्चिक :
दिन सामान्य छ। ठूला काममा हात नहाल्नु राम्रो हुन्छ। विभिन्न क्षेत्रमा आरोप–प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ। परिवारको साथ प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उन्नति हुने संकेत छ।
९.धनु :
कामको प्रशंसा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। बोलीको प्रभाव देखिने योग छ, त्यसैले सोचेर बोल्नु उचित हुनेछ।
१०.मकर :
समय सामान्य देखिन्छ। हरेक क्षेत्र केही विवादित रहे पनि शिक्षामा गरिएको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ।
११.कुम्भ :
समय राम्रो छ। कर्मको फल प्राप्त हुनेछ र न्याय मिल्ने संकेत छ। पन्छीलाई दाना दिनु शुभ मानिन्छ। परिवारको साथ प्राप्त हुनेछ।
१२.मीन :
दैनिकी राम्रो रहनेछ। अचानक धन खर्च हुन सक्छ तर धर्म र समाजसेवामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुने संकेत छ। परिवारमा भने खटपटी देखिन सक्छ।

शेयर गर्नुहोस