सरस्वती पूजनको अवसरमा ज्ञान मन्दिर एकेडमीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सखीखबर डट कम
पाठक संख्या - 281
पढ्न लाग्ने समाय 1 मि.

कलैया, बारा :बारा जिल्लाको फेटा–गमहरिया स्थित ज्ञान मन्दिर एकेडमीको प्राङ्गणमा आज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजनको पावन अवसर पारेर आयोजित उक्त कार्यक्रममा स्वस्थ जीवनयापन कोच लायन स्वेता महेश्वरी शाहले एक सय जना विद्यार्थीलाई नोटबुक तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरिन्।
कार्यक्रम लायन्स क्लब वीरगञ्ज परिवारका युवा अध्यक्ष नरोत्तम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्राध्यापकहरू, रिजन चेयरम्यान संदीप गुप्ता, कोषाध्यक्ष रञ्जीत क्षेत्री, लायन्स क्लबका सदस्यहरू, शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार तथा शिक्षा विकासप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निःशुल्क पठनपाठन भइरहेको विद्यालयका विद्यार्थीहरूले शैक्षिक सामग्री प्राप्त गरेपछि खुशी व्यक्त गरेका थिए। आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह र प्रेरणा बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
विद्यालयका प्रधानाध्यापक अभय तिवारीले प्रदान गरिएको शैक्षिक सामग्री विशेषगरी विपन्न परिवारका निःशुल्क रूपमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिएको जानकारी दिँदै यस्ता सहयोगात्मक कार्यक्रमहरूले शिक्षामा पहुँच विस्तार गर्न ठुलो सहयोग पुग्ने बताए।

शेयर गर्नुहोस