आजको राशिफल : माघ १० गते शनिबार

सखीखबर डट कम
पाठक संख्या - 185
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल माघ १० गते शनिबार माघ शुक्ल पक्षको षष्ठी तिथि परेको छ । आज स्कन्द षष्ठी, अचला सप्तमी तथा अन्तर्राष्ट्रिय शिक्षा दिवस समेत परेको छ । ज्योतिष शास्त्र अनुसार चन्द्रमाको राशि र नक्षत्रका पदका आधारमा नामाकरण तथा व्यक्तिको दैनिकीबारे भविष्यवाणी गरिन्छ । आजको दिन १२ राशिको फल यस प्रकार रहेको छ :
१.मेष :
थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ । उपचारको क्रममा रहनु भएकाले स्वास्थ्य लाभ मिल्नेछ । वैदेशिक क्षेत्रमा गरिएको प्रयास सफल बन्ने संकेत छ । विपक्षी साथीको निगरानी रहेकाले काम गर्दा सचेत रहनु उचित हुनेछ ।
२.वृष :
आजको दिन शुभ छ । मनमा खुशीको अनुभूति हुनेछ । लक्ष्य प्राप्तिका लागि साना कुरामा अल्झिनु हुँदैन । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीको साथ पाए राजनीतिमा सेवाको अवसर मिल्न सक्छ ।
३.मिथुन :
आम्दानीका नयाँ स्रोत खुल्ने संकेत छ । शिक्षामा लगाएको मेहनत सफल हुनेछ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ ।
४.कर्कट :
राम्रो अवसर प्राप्त हुने दिन छ । स्वास्थ्यले साथ दिनेछ । शत्रु पक्ष सक्रिय हुन सक्छन् । शनिश्चर अनुकूल भए दिन सहज बन्नेछ । धेरै सल्लाह लिन थाले महत्त्वपूर्ण काम छुट्ने जोखिम रहन्छ ।
५.सिंह :
बोल्नु अघि सोच्नुपर्ने समय छ । सम्पत्तिको पछि लाग्दा इज्जतमा असर पर्न सक्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । राज्य पक्षबाट निगरानी रहन सक्ने भएकाले सचेत रहनु राम्रो हुनेछ ।
६.कन्या :
आजको दिन राम्रो छ । कृषि व्यवसायबाट फाइदा हुनेछ । पशुपालनमा नाफा देखिन्छ । सामाजिक क्षेत्रमा साथीभाइको सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
७.तुला :
दिन सामान्य रहनेछ । अनावश्यक तर्क नगर्नु राम्रो हुन्छ । थोरै बोलेर अगाडि बढ्नु उपयुक्त देखिन्छ । प्राविधिक शिक्षामा सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
८.वृश्चिक :
दिन सहज रहनेछ । कला र गलाको प्रदर्शन गर्ने अवसर आउन सक्छ । बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । सामाजिक क्षेत्रमा तर्कबाट टाढा रहनु राम्रो हुन्छ । संकटको बेला परिवारको साथ मिल्नेछ ।
९.धनु :
व्यवहारमा केही झन्झट देखिन सक्छ । इज्जत जोगाउन धन खर्च हुन सक्छ । दाजुभाइसँग सहकार्य गर्दा व्यापारमा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती देखिन सक्छ । दाम्पत्य जीवन सफल रहने संकेत छ ।
१०.मकर :
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ । उत्तर दिशातर्फको लामो यात्रा टार्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
११.कुम्भ :
स्वास्थ्यमा सुधार आउनेछ । आज तर्ककै माध्यमबाट अरुको मन जित्न सकिनेछ । बिहान उठेर पिपलको दर्शन गरे दिन शान्त रहनेछ । संकटको समयमा परिवारको साथ मिल्नेछ ।
१२.मीन :
सानातिना कुराले मन अशान्त हुन सक्छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भए दिन सहज बन्नेछ ।

शेयर गर्नुहोस