आज २०८२ साल फागुन ८ गते शुक्रबार, आज फागुन शुक्ल पक्षको तृतीया तिथि परेको छ भने आजै सामाजिक न्याय दिवस पनि मनाइँदैछ। ज्योतिषशास्त्र अनुसार चन्द्रमाको गतिका आधारमा दैनिक फलादेश निर्धारण गरिन्छ। २७ नक्षत्र र १२ राशिको संयोजनका आधारमा व्यक्तिको नाम, स्वभाव तथा दैनिकीसम्बन्धी भविष्यवाणी गरिने परम्परा रहेको छ।
आजको दिन विभिन्न राशिका लागि मिश्रित प्रभाव देखिएको छ। कसैका लागि प्रगति र लाभको योग छ भने केही राशिका लागि सतर्कता अपनाउनु पर्ने संकेत देखिएको छ।
१.मेष
आज सोचेका काम नबन्ने जोखिम देखिएको छ। बोल्दा विवेक प्रयोग गर्नु उपयुक्त हुनेछ। सञ्चित धन खर्च हुन सक्ने सम्भावना छ भने विरोधी सक्रिय हुन सक्ने भएकाले काम गर्दा सचेत रहनु आवश्यक छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने योग छ।
२.वृष
दिन राम्रो रहनेछ। शिक्षामा प्रगति हुने संकेत छ। बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ भने व्यापारमा गरेको लगानीबाट लाभ प्राप्त हुन सक्छ।
३.मिथुन
बोलीको प्रभावले विग्रन लागेका काम बन्ने सम्भावना छ। मन शान्त रहनेछ। व्यापारमा लगानीबाट फाइदा मिल्नेछ। रोजगारीको अवसर स्वदेशमै प्राप्त हुने संकेत देखिएको छ।
४.कर्कट
व्यवहारमा सावधानी नअपनाउँदा समस्या आउन सक्छ। सानो कुराले मन अशान्त बन्न सक्छ। शिक्षामा केही अवरोध देखिए पनि निरन्तर मिहिनेत गरेमा सफलता मिल्नेछ।
५.सिंह
दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। राज्यतर्फबाट सेवाको अवसर मिल्न सक्छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।
६.कन्या
दिन अत्यन्त उत्तम रहनेछ। सोचेका काम सफल हुनेछन्। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परीक्षा दिएका व्यक्तिले राम्रो नतिजा पाउने संकेत छ।
७.तुला
बोलीमा ख्याल नगर्दा पश्चाताप हुन सक्छ। दान गरेर दिनको सुरुवात गर्नु उपयुक्त हुनेछ। साना कुराले मन अशान्त बन्ने भएकाले व्यवहार गर्दा सचेत रहनु आवश्यक छ। शिक्षामा प्रगति हुने संकेत छ।
८.वृश्चिक
शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नाम र दाम दुवै कमाउने योग छ। सोचेर बोल्नुपर्ने समय भएकाले सतर्कता आवश्यक छ। शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
९.धनु
व्यवहारमा सावधानी नअपनाउँदा समस्या बढ्न सक्छ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ। दाजुभाइसँगको सहकार्य फलदायी हुनेछ। विपक्षी सक्रिय हुन सक्ने भएकाले सचेत बन्नु उचित हुन्छ।
१०.मकर
नसोचेको ठाउँमा सञ्चित धन खर्च हुन सक्छ। हरेक काम अघि सोचविचार गर्नु आवश्यक छ। संकटमा परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
११.कुम्भ
दिन राम्रो रहनेछ। आकस्मिक लाभ हुन सक्छ। पुराना साथीभाइसँगको भेटले मन प्रसन्न हुनेछ। पारिवारिक मेलमिलापका कारण दिन सहज र सुखद बन्ने संकेत छ।
१२.मीन
राम्रो परिणाम आउने योग छ। धार्मिक कार्यमा सहभागी हुनु फलदायी हुनेछ। मन शान्त रहनेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।
आजको राशिफल : फागुन ८ गते सामाजिक न्याय दिवसमा चन्द्रमाको प्रभाव
शेयर गर्नुहोस
