ग्रामीण किशोरीका लागि फेटामा कम्प्युटर तालिम सञ्चालन

सखीखबर डट कम
पाठक संख्या - 154
पढ्न लाग्ने समाय 1 मि.

बारा,  चैत ११ : मधेश प्रदेश अन्तर्गत बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १, टोल भलुही भरवलियामा ग्रामीण किशोरी तथा युवतीहरूका लागि कम्प्युटर तालिम कार्यक्रम सञ्चालन गरिएको छ।


सखी : महिलाको साथि संस्था फेटा गाउँपालिकाको वार्ड न.१ द्वारा आयोजित उक्त तालिमको उद्देश्य ग्रामीण क्षेत्रका किशोरीहरूलाई डिजिटल सीप प्रदान गर्नु रहेको संस्थाकी अध्यक्ष मधु कुशवाहाले जानकारी दिइन्। उनका अनुसार ग्रामीण क्षेत्रमा प्रविधि तथा डिजिटल शिक्षामा पहुँच सीमित रहेकाले यस्तो तालिम अत्यन्त आवश्यक र प्रभावकारी छ।


तालिममा सहभागी किशोरीहरूले आधारभूत कम्प्युटर ज्ञान, इन्टरनेट प्रयोग तथा डिजिटल उपकरण सञ्चालनसम्बन्धी सीपहरू सिकिरहेका छन्। सहभागीहरूले यस किसिमको अवसरले आफूहरूलाई नयाँ ज्ञान र सीप हासिल गर्न मद्दत पुगेको बताएका छन्।


कार्यक्रमले किशोरीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यमा शिक्षा तथा रोजगारीका अवसरहरूमा सहज पहुँच बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


संस्थाकी अध्यक्ष कुशवाहाका अनुसार किशोरी तथा महिलाहरूलाई शिक्षा, नेतृत्व विकास र डिजिटल क्षेत्रमा सक्रिय बनाउन यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
यस कार्यक्रममार्फत ग्रामीण क्षेत्रका किशोरी तथा युवतीहरूलाई डिजिटल सशक्तिकरणतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।

शेयर गर्नुहोस