चैते धान प्रवर्द्धनका लागि ३ दिने तालीम आज देखि सुरु, ४५ किसान सहभागी

सखीखबर डट कम
पाठक संख्या - 245
पढ्न लाग्ने समाय 2 मि.

बारा, चैत्र २० : जिन्नाद बाबा कृषि सहकारी संस्था लि. को आयोजनामा तथा प्रसौनी गाउँपालिका, बाराको सहयोगमा चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत ३ दिने चैते धान खेती सम्बन्धी तालीम आजदेखि सुरु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल रहनु भएको थियो। उहाँले मैनबत्ती बाली कार्यक्रममार्फत तालीमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष केदार साहले गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, लेखापाल प्रेमलाल पटेल, वडा नं. ७ का अध्यक्ष ईशलाम मिया लगायतको उपस्थिति रहेको थियो। साथै वडा नं. ५ का अध्यक्ष सन्तोष साह, वडा सदस्य सनम पाल, समाजसेवी प्रदिप साह, नवलकिशोर साह, सहकारीका प्रबन्धक श्री लाल प्रसाद साह तथा कर्मचारी भुलावन प्रसाद साहको समेत सहभागिता रहेको थियो।


मिति २०८२ चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने यस तालीममा दैनिक ४ कक्षा सञ्चालन गरिने जनाइएको छ। तालीमको पहिलो दिन ४५ जना किसानहरूको सक्रिय सहभागिता रहेको थियो।
तालीममा कृषि ज्ञान केन्द्र, बारा का कृषि प्राविधिक राजबंशी चौरसिया तथा जिल्लाका विभिन्न स्थानीय तहका कृषि प्राविधिकहरूले चैते धान खेतीका आधुनिक प्रविधि, उन्नत बीउ प्रयोग, मल व्यवस्थापन तथा उत्पादन वृद्धि सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।


कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सहकारीका कर्मचारी भुलावन प्रसाद साहले दिनुभएको हो। यस्ता तालीमहरूले स्थानीय किसानहरूलाई आधुनिक कृषि प्रविधिमा अभ्यस्त बनाउँदै उत्पादन वृद्धि तथा आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस