कलैयाकी छोरी हिरामती कुशवाहाको पहलमा रामजानकी मन्दिरमा बृहत् सरसफाइ अभियान सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 8
पढ्न लाग्ने समाय 1 मि.

कलैया, बारा:कलैयाकी छोरी तथा समाजसेवी हिरामती कुश्वाहाको विशेष पहलमा कलैयास्थित रामजानकी मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
धार्मिक स्थललाई स्वच्छ, सफा र आकर्षक बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, युवा वर्ग, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर तथा आसपासका क्षेत्रको सरसफाइ गर्दै वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको सशक्त सन्देश दिएका थिए।
कार्यक्रमको समापनपछि हिरामती आर्याले सरसफाइ अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, स्वयंसेवक, सहभागी तथा शुभेच्छुकप्रति हृदयदेखि नै आभार व्यक्त गरिन्। उनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, रचनात्मक तथा जनहितका अभियानहरूमा सबैको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिता प्राप्त हुने विश्वास व्यक्त गरिन्।
स्थानीय समुदायको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त सरसफाइ कार्यक्रमले धार्मिक स्थलको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन तथा सामाजिक एकता र सामुदायिक सहकार्यलाई थप मजबुत बनाएको आयोजक पक्षले जनाएको छ।

शेयर गर्नुहोस