आजको राशिफल २०८२ पुस १६गते

सखीखबर डट कम
पाठक संख्या - 183
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस १६ गते बुधबार, पौष शुक्ल पक्षको द्वादशी तिथि तथा राष्ट्रिय मेलमिलाप दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदै छ । नक्षत्र र चन्द्रमाको अवस्थाका आधारमा १२ राशिका व्यक्तिहरूको दैनिकी, स्वास्थ्य, शिक्षा, लगानी र पारिवारिक जीवनबारे ज्योतिषीय विश्लेषण यस प्रकार रहेको छ।
१.मेष :
आज मेष राशिका जातकका लागि धनलक्ष्मी योग बनेको छ । यस योगको सदुपयोग गर्न सके आर्थिक लाभ मिल्ने संकेत छ । मन प्रशन्न रहनेछ भने धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्ने योग छ । परिवारको साथ र सहयोगले आत्मबल बलियो बन्नेछ ।
२.वृष :
वृष राशिका लागि दिन रमाइलो रहनेछ । मिष्ठान्न भोजनको योग छ भने सञ्चित धन खर्च हुने देखिन्छ । उचित स्थानमा लगानी गर्न सके मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुने संकेत छ । राज्यका माथिल्लो निकायबाट सेवा वा अवसर प्राप्त हुन सक्छ ।
३.मिथुन :
मिथुन राशिका लागि दिन सामान्य रहनेछ । मन केही अशान्त हुनसक्ने भएकाले धैर्य आवश्यक छ । शत्रु पक्ष सक्रिय हुन सक्छन् । निजी शिक्षामा गरेको लगानीबाट लाभ मिल्ने संकेत छ । साना विषयमा विवाद नगर्नु उपयुक्त हुनेछ ।
४.कर्कट :
कर्कट राशिमा शुभग्रहको प्रभाव बलियो छ । आफ्नै तरिकाले गरेको लगानी घाटामा नजाने संकेत छ । पूर्वतर्फ लामो यात्रा नगर्न सुझाव दिइन्छ । परिवारमा आफ्ना भन्दा साथीको कुरा बढी सुनिँदा मन खिन्न हुनसक्छ ।
५.सिंह :
सिंह राशिका लागि दिन अनुकूल छ । लगानीका क्षेत्र सबल देखिन्छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । पहिले गरेको लगानीबाट फाइदा मिल्ने संकेत छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ, कुनै काम अघि बढाउँदा परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ ।
६.कन्या :
कन्या राशिका लागि दिन सामान्य रहनेछ । शिक्षामा गरेको लगानी लाभदायक बन्नेछ । आफूभन्दा साना वा समकालीन साथीहरूसँग सहकार्य गर्दा फाइदा हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।
७.तुला :
तुला राशिका जातकले बन्धु–बान्धवसँगको कारोबारबाट लाभ लिन सक्नेछन् । ठुलो रकम खर्च गर्ने निर्णयबाट टाढा रहनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानी सफल हुनेछ । विदेशप्रतिको आकर्षण बढ्नेछ भने विदेशमा गरेको लगानीबाट फाइदा हुने संकेत छ ।
८.वृश्चिक :
वृश्चिक राशिका लागि दिन राम्रो छ । साथीहरूको साथ र सहयोग मिल्नेछ । राजनीतिक वा सामाजिक संगठनमा सेवाको अवसर आउन सक्छ । पश्चिमतर्फ लामो यात्रा नगर्नु उपयुक्त हुनेछ । शिक्षामा गरेको प्रयासले सफलता दिनेछ ।
९.धनु :
धनु राशिका लागि मन प्रशन्न रहने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । विपक्षीका तर्कलाई बौद्धिक रूपमा परास्त गर्न सक्ने क्षमता वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार देखिनेछ । परिवारको साथले मानसिक शान्ति मिल्नेछ ।
१०.मकर :
मकर राशिका लागि खर्च गर्ने बानीमा संयम अपनाउनुपर्ने समय छ । नजिकका साथीहरूसँग सल्लाह गरेर निर्णय लिँदा सहज हुनेछ । स्वदेशभन्दा विदेशप्रतिको मोह बढ्ने संकेत छ । स्वास्थ्य राम्रो रहनेछ । परिवारसँग समय बिताउने अवसर मिल्नेछ ।
११.कुम्भ :
कुम्भ राशिका जातकले बोलीमा सचेत हुनुपर्ने समय छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता मिल्ने संकेत छ । सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा सकारात्मक फल मिल्नेछ ।
१२.मीन :
मीन राशिका लागि दिन अनुकूल छ । मन प्रशन्न रहनेछ । स्वास्थ्यको बेवास्ता गरे शारीरिक कमजोरी महसुस हुन सक्छ । मध्य साढेसातीको प्रभाव रहेकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु लाभदायक हुनेछ । विपक्षी शान्त रहेकाले काम बन्ने योग देखिन्छ ।

शेयर गर्नुहोस