एटमी क्योकुशिन कराते संघद्वारा राष्ट्रिय च्याम्पियनसिप-२०२५ फेटामा भव्य रूपमा सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 422
पढ्न लाग्ने समाय 2 मि.

मसिर ६बारा : एटमी क्योकुशिन कराते संघद्वारा आयोजित तथा सखी : महिलाको साथी संस्था, फेटा गाउँपालिकावार्ड न.१ भलुही भर्वलियाको सहकार्यमा राष्ट्रिय च्याम्पियनसिप-२०२५ फेटा गाउँपालिकामा विविध प्रतिष्ठित व्यक्तित्वहरूको भव्य उपस्थिति सहित सम्पन्न भएको छ। नोभेम्बर २२, २०२५ मा सम्पन्न प्रतियोगिताको सभापतित्व एटमी क्योकुशिन करातेका चिफ प्रदीप थापाले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि फेटा गाउँपालिका अध्यक्ष रूस्तम असांरी रहेका थिए। विशिष्ट अतिथि समाजसेवी तथा फेटा गाउँपालिका अध्यक्ष पदका उमेदवार उमेश दुबे र सुरेश साह थिए। साथै, कार्यक्रमका अतिथिहरूमा फेटा गाउँपालिका–२ का वडाध्यक्ष नरेश पटेल, कार्यपालिका सदस्य संगिता देवी, समाजसेवी मोहन दास, प्रेम साह, शेषनाथ यादव, साहेब कुमार दास, इलाका प्रहरी कार्यालय प्रसौनी, बारा का प्रतिनिधि राजनरायण महतो, सखी : महिलाको साथी संस्थाकी व्यवस्थापक प्रीयाका कुशवाहा र निर्देशक बिक्की कुशवाहाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। विशिष्ट अतिथि समाजसेवी तथा फेटा गाउँपालिका अध्यक्ष पदका उमेदवार उमेश दुबेले करातेजस्ता खेल गतिविधिले युवामा ऊर्जा, अनुशासन, आत्मविश्वास र सकारात्मक सोच विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गरे। यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान, खेलकुद क्षेत्रमा अवसर विस्तार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

संगठकहरूले आगामी दिनमा अझ व्यापक, व्यवस्थित र प्रभावकारी रूपमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सखी :महिलाको साथी सस्थाकि ब्यवस्थापक  प्रीयाका कुशवाहाले सफलतापूर्वक समापन भएको जानकारी गराइन् ।

 

शेयर गर्नुहोस