बारा, ०८ मंसिर। बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा आगलागीबाट घर तथा धनमाल गुमाएका रत्न महरा चमारको परिवारलाई राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरिएको छ।
आगलागीबाट प्रभावित परिवारलाई राहतस्वरूप विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा समाजसेवीहरूले खाद्यान्न, कम्बल र नगद रकम सहयोग गरेका हुन्।
पीडित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अरविन्द साह, जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेल, जेनजी युवा सौरभ पाण्डेय तथा कलैयाकी छोरी एवं समाजसेवी हिरामती कुशवाहाले कम्बल, चामल तथा नगद सहयोग उपलब्ध गराएका छन्।
गत मंगलबार बिहान करिब ३ बजे रत्न महरा चमारको घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो। आगलागीमा दुईवटा साइकल, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडा, बाख्रा तथा गरगहनालगायतका सामग्री जलेर नष्ट भएका थिए। घटनामा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरसमेत आंशिक रूपमा प्रभावित भएको थियो।

मटिअर्वाका आगलागीपीडित रत्न महरा परिवारलाई राहत तथा नगद सहयोग हस्तान्तरण
शेयर गर्नुहोस
