सहकारी सिद्धान्तअनुसार प्राकृतिक स्रोतको समान उपयोगले दिगो विकास सम्भव

सखीखबर डट कम
पाठक संख्या - 231
पढ्न लाग्ने समाय 1 मि.

मसिर ११ बारा: सहकारी मान्यताअनुसार समुदायमा उपलब्ध प्राकृतिक स्रोतहरूको समान, न्यायपूर्ण र परिश्रमअनुसार उपयोग गर्ने अभ्यास आजको परिवेशमा दिगो विकासको मूल आधार बन्न सक्ने विशेषज्ञहरू बताउँछन्। कृषि, पशुपन्छी तथा सहकारी प्रशिक्षक सन्जय कुश्वाहाका अनुसार जंगल, पानी, जमिन तथा सार्वजनिक सम्पदाको विवेकपूर्ण र समतामूलक उपयोगले मात्र दीर्घकालीन विकासको दिशामा समुदाय अघि बढ्न सक्छ।

प्रशिक्षक कुशवाहाले सहकारी प्रथामा आधारित स्रोत व्यवस्थापनले स्थानीय उत्पादन वृद्धि, पारदर्शिता, जिम्मेवारी र स्वामित्व भावना मजबुत बनाएको बताए। उनका अनुसार दिगो विकासका तीन स्तम्भआर्थिक उन्नति, सामाजिक समानता र वातावरणीय संरक्षणसहकारी मोडेलमार्फत प्रभावकारी रूपमा सुदृढ हुँदै गएको छ।

त्यसैगरी, प्रसौनी गाउँपालिका अन्तर्गत रहेको श्री जिन्नाद बाबा कृषि सहकारी संस्था लि. का व्यवस्थापक श्रीलाल साहले स्रोतको उचित व्यवस्थापन र सामूहिक निर्णय प्रक्रियाले गाउँस्तरमै रोजगारी सिर्जना, आय वृद्धि तथा वातावरणीय सन्तुलन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

समान पहुँच, समान उपयोग र परिश्रमअनुसारको लाभ वितरणजस्ता सिद्धान्तमा आधारित सहकारी प्रणाली नै दिगो विकासको आधार बन्ने प्रसौनी गाउँपालिका–५ का भुलावन साहको विश्वास छ। साहका अनुसार यस्ता सहकारी अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक र वातावरणीय रूपमा पनि सुदृढ बनाउँदै लैजान सक्छ।

शेयर गर्नुहोस