बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१९, इनर्वासिरामा ५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय हसनजान मियाँ रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार बिहीबार राति करिब साढे ९ बजे घटना भएको हो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
आरोपितलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि स्थानीय र प्रहरीबीच तनाव उत्पन्न भएको थियो। आरोपितलाई कानुनी प्रक्रियाबाट मात्र कारबाही गर्न नहुने भन्दै केही स्थानीयले तत्कालै कारबाही गर्न खोजेपछि घटनास्थलमा भिड अनियन्त्रित बनेको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन सदरमुकाम कलैयाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले बल प्रयोग गरी आक्रोशित भिडलाई तितरबितर बनाएपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा पुर्याएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। बालिकाको स्वास्थ्य अवस्था, घटनाको विस्तृत प्रकृति तथा आरोपितविरुद्ध लाग्ने कानुनी कसुरबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।स्रोत जनचेतना खबर
५ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोप, ६० वर्षीय वृद्ध पक्राउ; जीतपुरसिमरामा प्रहरी–स्थानीयबीच तनाव
शेयर गर्नुहोस
