मंसिर १५ राशिफल : गीता जयन्ती तथा विश्व एड्स दिवसको विशेष ज्योतिषीय विश्लेषण

सखीखबर डट कम
पाठक संख्या - 308
पढ्न लाग्ने समाय 2 मि.

आज २०८२ साल मंसिर १५ गते सोमबार, तदनुसार २०२५ डिसेम्बर १ । मंसिर शुक्ल पक्षको एकादशी तिथि, आज गीता जयन्ती तथा विश्व एड्स दिवस।
चन्द्र स्थितिअनुसार १२ राशिका व्यक्तिहरूका लागि दैनिकी, निर्णय तथा स्वास्थ्यसम्बन्धी प्रभाव फरक–फरक रहने ज्योतिषीय गणना अनुसारको दैनिक राशिफल यस प्रकार छः

१.मेष

दिन सामान्य रहनेछ। अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले निर्णयमा सावधानी अपनाउनुहोस्। विवेकपूर्वक अघि बढेमा संकटमा पनि स्वास्थ्यले साथ दिनेछ। पेटसम्बन्धी समस्या देखिन सक्छ।

२.वृष

साथीको सहयोगमा सुरु गरेको काम सहज बन्ने दिन। शिक्षामा उन्नति, लगानीमा फाइदा र बौद्धिक व्यक्तिसँग सहकार्यको योग छ। पारिवारिक वातावरण रमाइलो रहनेछ।

३.मिथुन

थोरै बोल्नु नै राम्रो हुनेछ, किनकि बोलीकै कारण समस्या बन्न सक्छ। परिवारको सल्लाहले दिन सहज बन्छ। प्रेम सम्बन्ध सुमधुर, विदेशस्थित लगानीबाट लाभ प्राप्त हुनेछ।

४.कर्कट

सोचेका काम पूरा हुने दिन। पारिवारिक जमघट र पठन–पाठनमा रुचि बढ्नेछ। आज गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

५.सिंह

खानपानमा सावधानी आवश्यक छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ। अग्रजको मार्गदर्शनले दैनिकी सहज हुन्छ। पेटसम्बन्धी समस्या आउने सम्भावना।

६.कन्या

दाजुभाइको सल्लाहमा अघि बढ्नु राम्रो हुनेछ। उपचाररतहरूलाई लाभ हुने दिन। राजनीतिक क्षेत्रमा संगठनले साथ दिनेछ। व्यापारमा नाफा हुने योग।

७.तुला

आज धनलक्ष्मीको विशेष योग। सही प्रयोग गर्न सके ठूलो नाफा हातपर्न सक्छ। ठूला व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। पुरानो रोगले सताउन सक्छ, साथीको सल्लाह उपयोगी हुनेछ।

८.वृश्चिक

लगानीका क्षेत्र सबल छन्। पारिवारिक सम्बन्ध सुमधुर, घुमघामको योजना बन्नेछ। शुभ समाचार सुन्ने सम्भावना। शिक्षामा प्रगति र व्यापारमा लाभ हुने दिन।

९.धनु

गोपनीयता कायम राख्नु उत्तम। औषधि छुटेमा स्वास्थ्य समस्या बढ्न सक्छ। परिवारमा झन्झट देखिन सक्छ। प्रेम सम्बन्धमा खटपटीको संकेत।

१०.मकर

बिहान पिपलको दर्शन शुभ। पारिवारिक एकता र पठन–पाठनमा मन जानेछ। आकस्मिक लाभ प्राप्त हुने संकेत।

११.कुम्भ

स्वास्थ्यमा सुधारको संकेत। सोचेका काम सफल बन्नेछ। वैदेशिक रोजगारीभन्दा स्वदेशमै अवसर बढ्नेछ। परिवारको साथ र सहयोग पाइने दिन।

१२.मीन

चन्द्रमा मूल त्रिकोणमा भएकाले रचनात्मक क्षमतामा वृद्धि। दाजुभाइ/दिदीबहिनीको सल्लाह लाभदायक हुनेछ। शिक्षामा लगानीले उत्कृष्ट परिणाम दिनेछ।

शेयर गर्नुहोस