आज मङ्सिर १६ गतेको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 296
पढ्न लाग्ने समाय 3 मि.

२०८२ साल मंसिर १६ गते मंगलबार, द्वादशी उपरान्त त्रयोदशी तिथि तथा विश्व दासता उन्मूलन दिवस। नक्षत्र र चन्द्रस्थितिको आधारमा आज १२ राशिमा परेका प्रभाव यसप्रकार छन्।

१.मेष :
दिन अनुकूल रहनेछ। शुभग्रहको प्रभावले सोचेका काम सफल बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ भने शैक्षिक क्षेत्रको प्रयास पनि सफल हुनेछ। परिवारको सल्लाहअनुसार अघि बढ्दा परिणाम सकारात्मक आउनेछन्।

२.वृष :
दिन शुभ रहनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। विपक्षी शान्त रहने भएकाले कार्य सम्पादन सहज हुनेछ। स्वदेशमै रोजगारीका अवसर देखिनेछन्। तर, परिवारसँग अत्यधिक गोपनीयता खुलाउँदा धोका हुने सम्भावना छ।

३.मिथुन :
साना कुराले ठूलो समस्या निम्त्याउने दिन हुन सक्छ। विपक्षीसँग वार्ता गर्दा सावधानी अपनाउनु पर्नेछ। केही साथी विपक्षी धारमा रहेकाले सतर्कतापूर्वक काम गर्नु उपयुक्त हुन्छ। महत्वपूर्ण काममा परिवारको सल्लाह उपयोगी बन्नेछ।

४.कर्कट :
दिन सामान्य रहनेछ। गोपनीयता फुस्किँदा घाटा पर्नेछ। वैदेशिक रोजगारतर्फ अवसर देखापर्नेछ। शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्यतर्फ रोगप्रतिरोधात्मक क्षमता बढ्ने संकेत छन्।

५.सिंह :
आफन्तबाट धोका हुने सम्भावना छ। आज नयाँ कार्यमा हात हाल्नु उचित हुँदैन। कम बोलेर सजग रहनु राम्रो। शिक्षामा मिहिनेत आवश्यक हुनेछ। व्यापारमा लगानी नगर्नु उपयुक्त हुन्छ।

६.कन्या :
दाजुभाइको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च वृद्धि हुने जोखिम छ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। उपचाररत व्यक्तिहरूको स्वास्थ्यमा सुधार आउनेछ।

७.तुला :
दिन शुभ रहनेछ। दाजुभाइ वा नजिकका व्यक्तिको सल्लाह उपयोगी बन्नेछ। पेटसम्बन्धी समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान आवश्यक। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुने सम्भावना।

८.वृश्चिक :
सम्पत्तिको सदुपयोगमा ध्यान दिनुपर्ने दिन हो। स्वास्थ्यमा समस्या देखिन सक्छ। शिक्षामा उत्साह बढ्नेछ। परिवारको साथ सहयोग रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउने संकेत छन्।

९.धनु :
उद्योग तथा व्यापारमा नाफा कमाउने दिन। साथीभाइको सहयोगले लाभदायी कार्य हुनेछन्। खर्च नियन्त्रणमा राखेमा दिन सहज बन्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ।

१०.मकर :
दिन अनुकूल छ। वैदेशिक क्षेत्रमा लगानी गरेका छन् भने राम्रो अवसर हात लाग्नेछ। नयाँ सम्बन्ध निर्माणका लागि आजको दिन सकारात्मक। दानबाट दिनको सुरुवात गरे मन शान्त हुनेछ। व्यापारमा नाफा प्राप्त हुनेछ।

११.कुम्भ :
लाभदायी दिन। बिहान शिवभजन सुनेमा मानसिक शान्ति मिल्नेछ। संयुक्त लगानी सफल बन्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्ने संकेत। व्यापारमा थप मिहिनेत अपेक्षित।

१२.मीन :
दैनिक कार्य दीर्घकालीन सोचका साथ अघि बढाउनु राम्रो। तपाईंका प्रयासबाट अरुले फाइदा उठाउने जोखिम छ। परिवारको सुझावमा चल्दा लक्ष्य हासिल हुनेछ। पारिवारिक प्रेम र सद्भाव बढ्नेछ।

शेयर गर्नुहोस