मंसिर १७ राशिफल : आजको भाग्यफल यस्तो रहयो

सखीखबर डट कम
पाठक संख्या - 282
पढ्न लाग्ने समाय 2 मि.

काठमाडौं, मंसिर १७ : आज २०८२ साल मंसिर १७ गते, बुधबार उपरान्त चतुर्दशी तिथि संगै विश्व अपाङ्ग दिवस मनाइँदैछ। वैदिक ज्योतिषशास्त्रअनुसार चन्द्रमाको स्थितिले १२ राशिका व्यक्तिहरूको दैनिकीमा विशेष प्रभाव पार्ने मानिन्छ। आजका लागि प्रत्येक राशिको भविष्यफल यस प्रकार रहेको छ :

१.मेष:कम बोलेर काममा केन्द्रित हुनु उत्तम हुनेछ। तर्क–वितर्कमा उल्झिँदा घाटा हुनसक्छ। स्वास्थ्यमा सुधार देखिए पनि परिवारमा विश्वासघातको जोखिम छ। प्रेमतर्फ खटपटी सम्भावित छ।

२.वृष:दिन शुभ रहनेछ। सोचेजस्तै काम सफल हुनेछन् र विपक्षी शान्त रहनेछन्। तर स्वास्थ्य जोखिम बढ्नसक्छ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले मन प्रशन्न हुनेछ।

३.मिथुन:अनावश्यक क्षेत्रमा खर्च बढ्ने संकेत छ। गोप्य कुरा अरूलाई बताउँदा समस्या निम्तिन सक्छ। धार्मिक कार्यक्रममा सहभागी भए मन शान्त हुनेछ। गुरुसँगको भेटबाट फाइदा मिल्नेछ।

४.कर्कट:शिक्षा क्षेत्रमा गरेको मेहनत सफल हुनेछ। लगानीका अवसर सबल छन्। व्यापारमा नयाँ कदम चाल्ने हिम्मत गर्नुपर्छ। गोपनीयता भंग हुनसक्ने भएकाले सचेत रहनु जरुरी। पारिवारिक सम्बन्ध मधुर रहनेछ।

५सिंह:दिन सामान्य रहनेछ। आफ्नै बोलीका कारण समस्या पर्न सक्छ। दाजुभाइको सहयोगले काम सहज बन्नेछ। परिवारको सल्लाहअनुसार अघि बढ्दा सफलता र सम्मान दुवै पाइनेछ।

६.कन्या:दिन अत्यन्त अनुकूल छ। चन्द्रमा आफ्नै राशिमा भएकाले सकारात्मक ऊर्जा बढ्नेछ। विदेशसम्बन्धी कुराले मन आकर्षित हुनेछ। नयाँ काम सुरु गरेका भए सफलता मिल्नेछ। स्वास्थ्य सुधार हुनेछ।

७.तुला:अनुत्पादक क्षेत्रमा लगानी गर्दा मन खिन्न हुनसक्छ। परिवारभन्दा बाहिरका साथीहरूले प्रशंसा गर्ने दिन। शिक्षा क्षेत्रमा गरेको मेहनत सफल हुनेछ। स्वास्थ्यमा पनि सुधार आउनेछ।

८.वृश्चिक:धनलक्ष्मी योग बनेको दिन। साथीभाइको साथले काम अगाडि बढाउन सहज हुनेछ। तर स्वास्थ्यमा समस्या आउनसक्छ, व्यवहारमा सचेत रहनुपर्छ।

९.धनु:सानो कुराले मन अशान्त बन्ने संकेत। संयुक्त लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो बित्नेछ। प्रेमसम्बन्ध सुखद रहन्छ।

१०.मकर:सञ्चित धन खर्च हुने सम्भावना। साथीभाइको सहयोगले काम बन्नेछ। अध्ययनमा अल्छीपन बढ्नसक्छ, परीक्षार्थी सावधान रहनु उपयुक्त। साथीलाई विश्वास गर्दा व्यापारमा फाइदा हुनेछन्।

११.कुम्भ:शुभग्रहको बल प्रबल छ। बिहानै शिव भजन सुने मन शान्त हुनेछ। अनावश्यक कुरा वा विवादमा नअल्झी शान्त भएर अघि बढ्दा लाभ मिल्नेछ।

१३मीन:शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक श्रमको कदर हुनेछ। परिवारसँग सम्बन्ध सुधार हुँदै जानेछ। प्रेमसम्बन्ध पनि सुखद रहनेछ।

शेयर गर्नुहोस