आजको राशिफल २०८२ साल पुस २ गते बुधबार

सखीखबर डट कम
पाठक संख्या - 216
पढ्न लाग्ने समाय 4 मि.

आज पौष कृष्ण पक्षको त्रयोदशी तिथि हो ।  चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा व्यक्तिको नामकरण तथा दैनिकीसम्बन्धी भविष्यवाणी गरिन्छ । आजको दिनले तपाईँको काम, व्यवसाय, स्वास्थ्य, शिक्षा र पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ ? हेर्नुहोस् आजको विस्तृत राशिफल

१.♈ मेष

आजको दिन सामान्य रहनेछ । दैनिक कामकाज सहज रूपमा सम्पन्न हुनेछ । सहकार्यमा गरिएको कामबाट फाइदा मिल्नेछ । साथीभाइसँग परामर्श गर्दा राम्रो निर्णय लिन सकिनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ । ठुलो आर्थिक कारोबार भने टार्नु उपयुक्त हुनेछ ।

२.♉ वृष

थोरै लगानीमै पनि व्यवसाय फस्टाउने दिन छ । पहिलेदेखि गरिएको लगानीबाट लाभ प्राप्त हुने संकेत देखिन्छ । स्वास्थ्य उपचारमा रहनु भएकाहरूले सकारात्मक नतिजा पाउनुहुनेछ । बौद्धिक तथा अग्रज व्यक्तिको सल्लाहले मन हलुका बन्नेछ । परिवारमा मेलमिलापको वातावरण बन्नेछ ।

३.♊ मिथुन

दिन सामान्यभन्दा राम्रो रहनेछ । सञ्चित धन खर्च भए पनि आम्दानी बढ्ने योग छ । राज्यपक्षबाट असहयोग हुन सक्ने भएकाले व्यवहार गर्दा सचेत रहनु राम्रो हुनेछ । पारिवारिक वातावरणमा मेलमिलाप र समझदारी बढ्नेछ ।

४.♋ कर्कट

आज सानो कुराले पनि मनमा खटपटी बढ्न सक्छ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती देखिन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ । यद्यपि परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ने योग छ ।

५.♌ सिंह

दिन सामान्यभन्दा राम्रो रहनेछ । सम्पत्ति आर्जनको योग छ । राज्यपक्षबाट सेवा वा अवसर प्राप्त हुन सक्छ । राजनीतिक क्षेत्रमा संगठित भए लाभ मिल्नेछ । पेटसम्बन्धी समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस् । परिवारको सल्लाह अनुसार अघि बढ्दा फाइदा हुनेछ ।

६.♍ कन्या

आजको दिन शुभ रहनेछ । धार्मिक व्यक्तिसँगको भेटले मानसिक शान्ति मिल्नेछ । शिक्षामा गरिएको लगानी सफल हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट पनि फाइदा हुने संकेत छ । पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ ।

७.♎ तुला

तपाईँको कला र वाणीको प्रदर्शन गर्ने उत्तम दिन छ । सामान्य ठानेका व्यक्तिबाट धोका पाउन सकिने भएकाले सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा सुधार आउनेछ । उपचारमा रहनु भएकाले निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको सुझावले दिन सहज बनाउनेछ ।

८.♏ वृश्चिक

दिन निकै राम्रो रहनेछ । स्वदेशमै धन आर्जनका अवसर देखा पर्नेछन् । मन प्रसन्न रहनेछ । स्वास्थ्यमा सुधार देखिन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा सोचेजस्तो सफलता मिल्नेछ । सामाजिक सेवामा लागेकाहरूलाई विशेष अवसर प्राप्त हुनेछ ।

९.♐ धनु

बोल्दा सचेत हुनुपर्ने दिन छ । दैनिक कामकाजमा भने अवरोध देखिँदैन । प्राविधिक शिक्षामा गरिएको लगानी लाभदायक हुनेछ । अत्यधिक विश्वास गर्ने बानीले धोका दिन सक्छ । प्रेम सम्बन्धमा खटपटी बढ्न सक्ने संकेत छ ।

१०.♑ मकर

दिन सहज र अनुकूल रहनेछ । तपाईँको कामको प्रशंसा हुनेछ । उपचारमा रहनु भएकाहरूको स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइसँग भेटघाटको योग छ । राजनीतिमा भने सावधानी अपनाउनु आवश्यक छ । व्यापारमा मिहिनेत गरे राम्रो फाइदा मिल्नेछ ।

११.♒ कुम्भ

दिन सामान्य राम्रो रहनेछ । हराएको धन फेला पर्ने सम्भावना छ । व्यवहार र कारोबारमा सचेत रहनु आवश्यक छ । कारोबार गर्नैपरे आफ्नो हातले रकम नदिनु उपयुक्त हुनेछ । लगानी गर्दा साथीहरूसँग सहकार्य गरे लाभ मिल्नेछ ।

१२.♓ मीन

आज थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले उपचारमा ध्यान दिनु आवश्यक छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय रहेको छ ।

 

शेयर गर्नुहोस