सखी : महिलाको साथी” संस्थामा किशोरीका लागि निःशुल्क Accounting Package कम्प्युटर कक्षा सञ्चालन हुने

सखीखबर डट कम
पाठक संख्या - 305
पढ्न लाग्ने समाय 2 मि.

बारा, फेटा : फेटा गाउँपालिका–१, बारामा रहेको “सखी : महिलाको साथी” संस्थाले किशोरीहरूको सीप विकासलाई लक्षित गर्दै निःशुल्क Accounting Package कम्प्युटर कक्षा सञ्चालन गर्ने भएको छ। संस्थाले २०८२ फागुन २४ गते सूचना प्रकाशित गर्दै लेखा विषय अध्ययन गरेका किशोरीहरूका लागि उक्त कक्षा सञ्चालन गर्न लागिएको जनाएको हो।
संस्थाका अनुसार लेखा विषय लिएर १०+२ उत्तीर्ण गरेका तथा लेखा विषय लिएर स्नातक तह अध्ययन गरिरहेका किशोरीहरू कक्षामा सहभागी हुन सक्नेछन्। कक्षा दैनिक दुई घण्टा सञ्चालन हुनेछ, जसमा एक घण्टा सैद्धान्तिक (Theory) र एक घण्टा प्रयोगात्मक (Practical) कक्षा समावेश गरिनेछ।
यस विशेष ब्याचमा जम्मा १६ जना किशोरीलाई मात्र सहभागी गराइने संस्थाले जनाएको छ। कक्षामा Tally, FACT, Exactly Gold, Excel, Swastik Gold तथा Internet सम्बन्धी आधारभूत तथा प्रयोगात्मक ज्ञान र सीप प्रदान गरिनेछ।कक्षा दिउँसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने बताइएको छ। सहभागी हुन इच्छुकहरूले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म “सखी : महिलाको साथी” संस्थाको कार्यालयबाट निःशुल्क फारम प्राप्त गरी भर्न सक्नेछन्।फारम बुझाउने अन्तिम मिति २०८२ फागुन २९ गते शुक्रबारसम्म तोकिएको छ भने कक्षा २०८२ चैत्र १ गते आइतबारदेखि सुरु हुने जनाइएको छ।
संस्थाका प्रबन्धक प्रीयाका कुश्वाहाका अनुसार प्रारम्भिक चरणमा फेटा गाउँपालिका–१ का दलित, पिछडिएका तथा आर्थिक रूपमा कमजोर परिवारका किशोरीलाई विशेष प्राथमिकता दिइनेछ।
थप जानकारीका लागि ९७४६८६२७३३ नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।

शेयर गर्नुहोस