योजना तर्जुमामा नागरिक सहभागिता अभिमुखिकरण कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 57
पढ्न लाग्ने समाय 1 मि.

बैशाख १७, बारा : कलैया उपमहानगरपालिका वडा नं. १ मा योजना तर्जुमामा नागरिक सहभागिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मिति २०८३ साल वैशाख १६ गते आयोजना गरिएको उक्त कार्यक्रम वडा नं. १ अन्तर्गत रहेको राजदेबी माइ मन्दिरको प्राङ्गणमा वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।


सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा सखी महिलाको साथी हिरामती कुशवाहा सहित स्थानीय युवा, जेन युवा, समाजसेवी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा जम्मा ३० जनाको उपस्थिति रहेको थियो।


कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले प्रशिक्षण तथा सहजीकरण गर्दै योजना तर्जुमा प्रक्रियामा नागरिकको भूमिका, प्राथमिकता निर्धारणका आधार, योजना निर्माण प्रक्रिया तथा सरकारी निकायसँग समन्वय गर्ने तरिकाबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।


त्यसैगरी, कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउन सहभागीहरूलाई दुई समूहमा विभाजन गरी समूहगत छलफल तथा अभ्यास गराइएको थियो। दुवै समूहले आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।


कार्यक्रमको सहजीकरण बिक्की कुशवाहा र सखी महिलाको साथी हिरामती कुशवाहाले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता अभिवृद्धि गर्दै सामूहिक सोचमार्फत प्रभावकारी विकासलाई अगाडि बढाउनु रहेको सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले जानकारी दिनुभयो।


आयोजकका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

शेयर गर्नुहोस