गुणस्तरीय शासनका लागि साझेदारी प्रवर्द्धन विषयक प्रदेशस्तरीय संवाद सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 28
पढ्न लाग्ने समाय 1 मि.

सामाजिक परिवर्तन केन्द्रको आयोजनामा बाराको कलैया स्थित होटल दरबारमा “गुणस्तरीय शासनका लागि साझेदारी प्रवर्द्धन” विषयक मिती २०८३/०३/२गते एकदिने प्रदेश स्तरीय संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संवाद कार्यक्रमको उद्देश्य सुशासन, पारदर्शिता, जवाफदेहिता तथा साझेदारीमार्फत प्रभावकारी शासन प्रणालीलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका कार्यकारी निर्देशक डा. प्रकाश भट्टराईले संस्थाद्वारा गरिएको अनुसन्धान (रिसर्च) को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले गुणस्तरीय शासनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुशासनका लागि नीति, अनुसन्धान र सहकार्यको आवश्यकतामाथि प्रकाश पार्नुभयो।


खुला छलफल सत्रमा पूर्वमन्त्री ज्वाला साह, कलावती पासवान, पूर्व मधेश प्रदेशसभा सदस्य पारस साह, पूर्व संविधानसभा सदस्य प्रमोद गुप्ता, रामचन्द्र प्यासी, सामाजिक अभियन्ता हिरामती कुश्वाहा तथा युवा सञ्जय रजकलगायतले आफ्ना धारणा राख्दै सुशासन, जनसहभागिता, प्रभावकारी सेवा प्रवाह र उत्तरदायी शासन प्रणाली निर्माणका लागि सरकार, नागरिक समाज तथा समुदायबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।


कार्यक्रम सम्पन्न भएको जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले दिनुभएको हो। उहाँका अनुसार यस्ता संवाद कार्यक्रमले नीति निर्माण, जनसहभागिता र सुशासन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

शेयर गर्नुहोस