नयाँ भुलावा (सूर्य बस्ती) का समस्या समाधानका लागि हिरामती कुश्वाहाको नेतृत्वमा संवाद सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 18
पढ्न लाग्ने समाय 2 मि.
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 46;

कलैया, बारा: कलैया उपमहानगरपालिका–१४ स्थित नयाँ भुलावा (सूर्य बस्ती) मा रहेका विभिन्न जनजीविकासम्बन्धी समस्या पहिचान तथा समाधानका उपाय खोज्ने उद्देश्यले सामाजिक अभियन्ता तथा महिला नेतृ हिरामती कुश्वाहाको नेतृत्वमा संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता बस्तीका बुद्धिजीवी वीरेन्द्र थवहीले गर्नुभएको थियो भने संवादको सहजीकरण कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुश्वाहाले गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय बासिन्दा, युवा, महिला तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि विक्की कुश्वाहासहित करिब ४८ जनाको सहभागिता रहेको थियो। संवादका क्रममा स्थानीयवासीहरूले बस्तीमा वर्षौंदेखि देखिएका आधारभूत समस्याबारे खुला रूपमा आफ्नो धारणा राखेका थिए। छलफलमा पानी निकासको उचित व्यवस्था नहुँदा वर्षायाममा डुबान हुने, स्वास्थ्य उपचारका लागि सहज पहुँच नहुनु, व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभाव, शौचालय भए पनि छानो नहुनु, निर्माण भएका घरहरू व्यवस्थित रूपमा व्यवस्थापन हुन नसक्नु, खानेपानीको अभाव, शान्ति सुरक्षाको समस्या तथा फोहोर व्यवस्थापनको कमजोरी मुख्य समस्याका रूपमा उठाइएको थियो।

स्थानीयवासी मिनवा रामले नगरपालिकाले बस्ती नजिकै फोहोर थुपार्दै आएको गुनासो गर्दै यसले वातावरण र स्वास्थ्यमा गम्भीर असर पारेको बताउनुभयो। त्यसैगरी विशाल थवहीले विद्युत् आपूर्तिको अभावका कारण स्थानीय व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको धारणा राख्नुभयो। यस्तै विनोद गिरीले बस्तीमा स्वास्थ्य सेवाको उचित व्यवस्थापन नभएको, खोलाको पानी घरभित्र पस्ने समस्या रहेको तथा फोहोर उठाउने सवारीसाधनको व्यवस्था नहुँदा स्थानीयवासी थप समस्यामा परेको बताउनुभयो। उहाँले नगरको फोहोर पनि यही बस्ती नजिक थुपारिने गरिएको भन्दै तत्काल समाधानको माग गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता हिरामती कुश्वाहाले संवादबाट उठेका सबै समस्यालाई सम्बन्धित निकायसमक्ष पुर्‍याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच समन्वय गरेर बस्तीका आधारभूत समस्या समाधानका लागि निरन्तर प्रयास गरिने बताउनुभयो। उक्त संवाद कार्यक्रम सामाजिक परिवर्तन केन्द्रको सहयोगमा कलैया उपमहानगरपालिका–१४ स्थित नयाँ भुलावा (सूर्य बस्ती) मा सम्पन्न भएको हो।

शेयर गर्नुहोस