कलैया, बारा साउन २१: कलैया उपमहानगरपालिका–२३, भतौडा निवासी जटाशंकर साह कानु, जसका दुवै मृगौला फेल भई उपचाररत रहेका छन्, उनको परिवारलाई मानवीय सहयोग प्रदान गरिएको छ।
सामाजिक अभियानअन्तर्गत कलैयाको छोरी हिरामती कुशवाहाको विशेष पहल र नेतृत्वमा पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराइएको हो। यस क्रममा विजय लघुवित्त संस्थाले चामल, दाल, खाने तेल, सोयाबिन, भुजा लगायतका खाद्यान्न सामग्री सहयोग गरेको छ।
यसैगरी, सामाजिक अभियन्ता टोलीमार्फत रु. ११,८०० कलैयाको छोरी तथा महिला नेतृ हिरामती कुशवाहाले QR माध्यमबाट पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको जानकारी दिइएको छ।
हिरामती कुशवाहाले गम्भीर रोगसँग संघर्ष गरिरहेका विपन्न परिवारलाई समाजका विभिन्न व्यक्ति तथा संस्थाले सक्दो सहयोग गर्न आग्रह गर्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
स्थानीयवासीले पनि यस्तो सहयोगले पीडित परिवारलाई उपचार र दैनिक जीवनयापनमा महत्वपूर्ण राहत पुगेको भन्दै सहयोगी संस्था तथा सामाजिक अभियानमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन्।

कलैयाको छोरी हिरामती कुशवाहाको पहलमा मृगौला पीडित परिवारलाई खाद्यान्न र आर्थिक सहयोग
शेयर गर्नुहोस
