बारा, कलैया : कलैयाका युवा तथा जेनजि युथ अफ बाराका युवाहरूले इनिसा विकमाथि भएको अन्यायको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसमक्ष दबाब दिएका छन्।
उनीहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन्। युवाहरूले न्यायको पक्षमा आवाज उठाउँदै यस्ता घटनाले समाजमा असुरक्षा बढाउने भएकाले सरकार तथा सम्बन्धित निकायले छिटो छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।
युवाहरूले पीडित इनिसा विकलाई न्याय दिलाउन एकजुट भएर आवाज उठाइरहेको जनाएका छन्। उनीहरूले पीडित परिवारलाई न्याय नदिइए थप आन्दोलनका कार्यक्रमसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन्।

यस्तै, युवाहरूले समाजमा हुने अन्याय, विभेद र हिंसाविरुद्ध सबै युवाहरू एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले न्याय र समानताको पक्षमा आफ्नो अभियान जारी रहने बताएका छन्।
