योजना तर्जुमामा नागरिक सहभागिता अभिवृद्धिका लागि १दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 155
पढ्न लाग्ने समाय 1 मि.

वैशाख १५बारा: कलैया उपमहानगरपालिका वडा नं. २५, सिसहनिया टोलमा मिति २०८३ साल वैशाख १५ गते योजना तर्जुमामा नागरिक सहभागिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वडा नं. २५ अन्तर्गत रहेको धर्मशालामा वार्ड सदस्य राज प्रसाद गुप्ताको अध्यक्षतामा सञ्चालन गरिएको थियो।

सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा सखी महिलाको साथी हिरामती कुशवाहा सहित स्थानीय युवा, कृषक तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा २६ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले प्रशिक्षण तथा सहजीकरण गर्दै योजना तर्जमामा नागरिकको भूमिका, प्राथमिकता निर्धारणका आधार, योजना निर्माण प्रक्रिया तथा सरकारी निकायसँग समन्वय गर्ने तरिकाबारे विस्तृत जानकारी दिनुभएको थियो।


त्यसैगरी, कार्यक्रमलाई अझ व्यवहारिक र प्रभावकारी बनाउन सहभागीहरूलाई दुई समूहमा विभाजन गरी समूहगत छलफल तथा अभ्यास गराइएको थियो। पहिलो र दोस्रो समूहले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।


कार्यक्रमको सहजीकरण बिक्की कुशवाहा र सखी महिलाको साथी हिरामती कुशवाहाले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता अभिवृद्धि गर्दै सामूहिक सोचमार्फत प्रभावकारी विकासलाई अगाडि बढाउनु रहेको सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले जानकारी दिनुभयो। आयोजकका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

शेयर गर्नुहोस