सर्लाहीमा एक युवकद्वारा आत्मदाहको प्रयास, गम्भीर घाइते

सखीखबर डट कम
पाठक संख्या - 22
पढ्न लाग्ने समाय 1 मि.

सर्लाही, २६ असार। सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटनामा उनी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रहरीका अनुसार उनले के–कस्ता कारणले यस्तो कदम चाले भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। घटनाको विस्तृत विवरण संकलन गर्ने तथा वास्तविक कारण पत्ता लगाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीको सहयोगमा घाइते मण्डललाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस