धर्मनगरमा लागू पदार्थ दुर्व्यसन नियन्त्रणबारे संवाद सम्पन्न, सामुदायिक समिति गठनमा जोड

सखीखबर डट कम
पाठक संख्या - 20
पढ्न लाग्ने समाय 2 मि.
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 40;

कलैया, बारा । कलैया उपमहानगरपालिका–१२ अन्तर्गत धर्मनगर टोलमा सामाजिक परिवर्तन केन्द्रको सहयोगमा लागू पदार्थ दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरण सम्बन्धी छलफल एवं संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता वडा सदस्य रामेश्वर कुश्वाहाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कलैयाकी छोरी तथा महिला नेतृ हिरामती कुश्वाहा सहभागी हुनुभएको थियो। कार्यक्रममा युवा, महिला, किसान, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा विभिन्न समूहका सदस्यहरूको सहित ३५जना सहभागिता रहेको थियो।

संवाद कार्यक्रममा लागू पदार्थ दुर्व्यसनले विशेषगरी बालबालिका तथा युवापुस्तामा पारिरहेको नकारात्मक प्रभावबारे गम्भीर छलफल गरिएको थियो। सहभागी हृदयनारायण यादवले लागू पदार्थ सेवनका कारण बालबालिका र युवाहरू कुलततर्फ आकर्षित हुँदै गएको उल्लेख गर्दै यसको दीर्घकालीन असर समाजका लागि चुनौतीपूर्ण बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि हिरामती कुश्वाहाले लागू पदार्थ दुर्व्यसनका कारण समाज अन्धकारतर्फ उन्मुख भइरहेको बताउँदै बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्न सबैको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। उहाँले अभिभावकलाई औपचारिक शिक्षा, कानुनी सचेतना तथा समुदायस्तरमा वडा, समूह र सहकारीबीच समन्वय गरी समिति गठन गरेर बालबालिकाको नियमित निगरानी गर्न सके दुर्व्यसन नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै वडा सदस्य रामेश्वर कुश्वाहाले बालबालिका र युवाहरू कुलतमा फस्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको समाधानका लागि गाउँस्तरमा खुला भेला आयोजना गरी सामुदायिक समिति गठन गरेर प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको सहजीकरण सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकाल्दै सामूहिक प्रयासबाट मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरेका थिए।

शेयर गर्नुहोस