फेटाको त्रिवेणीमा महिला हिंसाविरुद्ध महिला सञ्जालको र्‍याली

संजय कुशवाहा
पाठक संख्या - 89
पढ्न लाग्ने समाय 1 मि.

बारा भादौ ३ । UK in Nepal र UN Women को सहयोग तथा सखी : महिलाको साथी संस्थाको सहकार्यमा सञ्चालित HAMRO SAHAS परियोजनाअन्तर्गत गठित महिला सञ्जाल, फेटा बाराले महिला हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्‍याली आयोजना गरेको छ।

फेटा गाउँपालिका–१ स्थित त्रिवेणी गाउँमा आयोजित र्‍यालीमा करिब २०० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले “महिला हिंसा बन्द गरौँ, असल समाज निर्माण गरौँ”, “समान अधिकार, समान सम्मान”, “हिंसामुक्त समाज, हाम्रो अभियान” लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेर गाउँ परिक्रमा गरेका थिए।

महिला हिंसा तथा समाजमा विद्यमान विभिन्न कुरीतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला सञ्जालकी संयोजक प्रभावती दासले बताइन्।सञ्जालले आगामी दिनमा पनि जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ। महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गर्ने तथा फेटा गाउँपालिकामा ज्ञापनपत्र बुझाउने योजना रहेको सञ्जालकी सदस्य अफसाना खातुनले जानकारी दिइन्।

महिला हिंसा अन्त्य गरी समान अधिकार, सम्मान र सुरक्षित समाज निर्माणका लागि समुदायस्तरबाट निरन्तर अभियान सञ्चालन गर्ने महिला सञ्जालले जनाएको छ।

शेयर गर्नुहोस