फेटामा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

संजय कुशवाहा
पाठक संख्या - 44
पढ्न लाग्ने समाय 6 मि.

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेटा गाउँपालिकाको आयोजनामा मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रास्वपा फेटा गाउँपालिकाका सभापति निर्देश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, युवा–युवती, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको प्रमुख अर्थितिमा सम्पन्न भएको छ।सो कार्यक्रममा कलैयाकी छोरी हिरामती कुशवाहा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अर्थिति गाउँपालिका उपाध्यक्ष निलम साह, गणेशप्रसाद साह, फेटा गाउँपालिका–३ का वडाध्यक्ष प्रल्हाद साह तेली, समाजसेवी राजेश कुशवाहा, श्यामसुन्दर पाण्डित लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाघाटन गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले गर्नुभएको थियो। उद्घाघाटनपछि बोल्दै अध्यक्ष अन्सारीले रक्तदान केवल रगत दिने कार्य मात्र नभई संकटमा परेका व्यक्तिको जीवन जोगाउने महत्वपूर्ण मानवीय सेवा भएको बताउनुभयो। उहाँले आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण बिरामीलाई तत्काल रगत आवश्यक पर्ने अवस्था आउने भएकाले समुदायमा नियमित तथा स्वैच्छिक रक्तदानको संस्कार विकास गर्नु पर्नेमा जोड दिनु भयो।
अध्यक्ष अन्सारीले स्वस्थ नागरिकलाई कुनै पनि किसिमको संकोच नराखी स्वेच्छिक रूपमा रक्तदान गर्न आग्रह गर्दै समाजमा सहयोग र सेवाको भावना विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। उहाँका अनुसार रक्तदान अभियानलाई नियमित रूपमा अगाडि बढाउन सके स्थानी यस्तरमै रगतको आवश्यकता पर्दा सहयोग पुग्नुका साथै मानवीय सेवा प्रति नागरिकको जिम्मेवारी समेत बढ्नेछ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी हिरामती कुशवाहाले रक्तदानलाई मानवताको प्रत्यक्ष उदाहरणका रूपमा व्याख्या गर्नुभयो। उहाँले एक व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले रक्तदानलाई सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनु भयो।
उहाँले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा स्वेच्छिक रक्तदान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै “रक्तदान, जीवनदान, महादान” भन्ने भावनालाई व्यवहारमा उतार्नु पर्ने बताउनु भयो। समाजमा सहयोगको संस्कार बलियो भएमा कठिन परिस्थितिमा रहेका नागरिकले एक्लोपन महसुस गर्न नपर्ने उहाँको भनाइ थियो।
हिरामती कुशवाहाले रक्तदान जस्तो मानवीय अभियान कुनै राजनीतिक सीमाभन्दा माथि उठेर सबै नागरिकको साझा अभियान बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले समाजका युवा पुस्तालाई सामाजिक सेवा र मानवीय अभियानमा सक्रिय रूपमा जोड्न सके भविष्यमा अझ जिम्मेवार, सहयोगी र संवेदनशील समाज निर्माण गर्न सकिने बताउनु भयो।

उहाँले भन्नु भयो, “रगतको आवश्यकता परेको समयमा पैसा वा अन्य कुनै साधन भन्दा पहिले तत्काल रगत उपलब्ध हुनु महत्वपूर्ण हुन्छ। त्यसैले स्वस्थ नागरिकले आफ्नो इच्छाले रक्तदान गर्ने संस्कार विकास गर्न सके धेरै मानिसको जीवनमा प्रत्यक्ष सहयोग पुग्न सक्छ।”
त्यस्तै, रास्वपा फेटा गाउँपालिकाका सभापति तथा कार्यक्रमका अध्यक्ष निर्देश साहले रक्तदान कार्यक्रमको उद्देश्य केवल एक दिनका लागि रक्त संकलन गर्नु नभई समुदायमा स्वैच्छिक रक्तदानप्रति सकारात्मक सोचको विकास गर्नु रहेको बताउनु भयो।
सभापति साहले “रक्तदान गरौँ, मानवताको सेवा गरौँ” भन्ने सन्देश सहित सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राजनीतिक गतिविधिसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो।
उहाँका अनुसार समाजमा विभिन्न समयमा देखिने स्वास्थ्य सम्बन्धी आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै रक्तदान, स्वास्थ्य सचेतना, सरसफाइ, वातावरण संरक्षण तथा अन्य सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक छ। यस्ता अभियानले नागरिकबीच आपसी सहयोग, सद्भाव र सामाजिक एकताको भावना बलियो बनाउने उहाँको भनाइ थियो।
रक्तदान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, युवा–युवती, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदानप्रति सकारात्मक धारणा व्यक्त गर्दै आवश्यक परेको समयमा अरूको जीवन बचाउन आफ्नो तर्फबाट योगदान गर्न पाउनु गौरवको विषय भएको बताएका थिए।
कार्यक्रममा सहभागी युवाहरूले रक्तदानजस्ता सामाजिक सेवाका कार्यक्रमले युवापुस्तालाई समाजसँग जोड्ने अवसर प्रदान गर्ने बताएका थिए। युवाहरूलाई सामाजिक उत्तरदायित्वका अभियानमा सहभागी गराउन सके समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनीहरूको धारणा थियो।
आयोजकका अनुसार रक्तदान कार्यक्रमले फेटा गाउँपालिकामा स्वैच्छिक रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ। रगतको अभावका कारण उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न समुदायस्तरबाटै यस्ता अभियान सञ्चालन गर्नु आवश्यक रहेको आयोजकको भनाइ छ।
कार्यक्रमका क्रममा सहभागीहरूबीच रक्तदानको महत्व, स्वैच्छिक रक्तदानको आवश्यकता तथा आकस्मिक अवस्थामा रगतको उपलब्धताका विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले रक्तदानलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी नियमित सामाजिक अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
समाजमा कुनै व्यक्ति दुर्घटनामा पर्दा, गम्भीर बिरामी हुँदा वा आकस्मिक उपचारको आवश्यकता पर्दा तत्काल रगत आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा अस्पतालमा रगतको अभाव हुनु बिरामी र परिवारका लागि थप चुनौती बन्न सक्छ। त्यसैले स्थानीयस्तरमै रक्तदानप्रति जागरण बढाउनु र स्वस्थ नागरिकलाई स्वेच्छिक रक्तदानका लागि प्रेरित गर्नु महत्वपूर्ण रहेको कार्यक्रमका वक्ताहरूले बताएका थिए।
कार्यक्रमले सामाजिक तथा राजनीतिक संगठनहरूले जनसरोकारका विषयमा पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो। रक्तदानजस्ता अभियानले समाजका विभिन्न वर्ग र समुदायबीच सहकार्य तथा सद्भाव बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
रास्वपा फेटा गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र जनहितसँग जोडिएका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। आयोजकले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, रक्तदाता, समाजसेवी तथा सम्पूर्ण सहभागीप्रति धन्यवादसमेत व्यक्त गरेको छ।
“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले फेटा गाउँपालिकामा मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउन सकारात्मक भूमिका खेलेको आयोजकले बताएको छ।

शेयर गर्नुहोस