कलैया, १ भदौ २०८३। आज सन् २०२६ अगस्ट १७ तारिख सोमबार। साउन शुक्ल पक्षको नाग पञ्चमी, सिंह संक्रान्ति तथा थारु गुरिया पर्व परेको छ। ज्योतिषीय मान्यताअनुसार चन्द्रमा, राशि तथा नक्षत्रका आधारमा आजको दिन १२ राशिका लागि फरक–फरक फलदायी रहने देखिन्छ।
१.मेष: पठनपाठनमा रुचि बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरिएको लगानीबाट लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुने सम्भावना छ। कम बोलेर काममा ध्यान दिनु लाभदायक हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
२.वृष: मन प्रसन्न रहनेछ। बोलीका कारण महत्वपूर्ण काम बन्न सक्छ। व्यापारमा गरिएको लगानीबाट फाइदा हुने सम्भावना छ। स्वास्थ्यमा सुधारका संकेत छन्। प्रेम सम्बन्धमा भने सामान्य खटपट हुन सक्छ।
३.मिथुन: आम्दानीका नयाँ स्रोत भेटिन सक्छन्। मानसम्मान प्राप्त हुने दिन छ। साथीभाइसँगको भेटबाट नयाँ योजना बन्नेछ। पारिवारिक मेलमिलाप बढ्नेछ भने मन मिल्ने साथीको महत्वपूर्ण साथ प्राप्त हुनेछ।
४.कर्कट: परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुन सक्छ। राजनीतिक क्षेत्रमा गरेको प्रयासअनुसार महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। शिक्षामा ढिलासुस्ती हुन सक्छ। परिवारको साथ लिएर अघि बढ्नु राम्रो हुनेछ।
५.सिंह: गुम्न लागेको धन फिर्ता हात लाग्ने सम्भावना छ। आफन्तको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। स्वदेशमै रोजगारीका विकल्प फेला पर्न सक्छन्। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ।
६.कन्या: दिन सकारात्मक रहनेछ। विपक्षीबाट समेत साथ र सहयोग प्राप्त हुन सक्छ। प्रियजनको साथले मन खुसी हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुने सम्भावना छ। बौद्धिक व्यक्तिसँगको भेटले मानसिक शान्ति मिल्नेछ।
७.तुला: दिन सामान्य रहनेछ। सुरु गरेका काम अधुरा रहँदा मन उदास हुन सक्छ। बौद्धिक क्षेत्रका साथीहरूसँगको भेटबाट नयाँ योजना बन्नेछन्। पारिवारिक तनावले मन अशान्त बनाउन सक्छ। प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।
८.वृश्चिक: परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमतर्फको एकल यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अघि बढ्नुपर्ने दिन छ।
९.धनु: दिन सामान्य रहनेछ। शुभ कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। गोपनीयता कायम गर्नुपर्ने दिन छ। शिक्षामा समय दिँदा लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मनमा शान्ति मिल्नेछ।
१०.मकर: हरेक क्षेत्रमा सावधानी अपनाउनुपर्ने दिन छ। काममा अवरोध सिर्जना हुन सक्छ। परिवारमा मनमुटावको जोखिम देखिन्छ। कुनै निर्णय लिनुअघि राम्ररी सोचेर अघि बढ्नु उचित हुनेछ।
११.कुम्भ: दिन सामान्य रहनेछ। दक्षिणतर्फको यात्रा नगर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा मन शान्त रहनेछ। संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ।
१२.मीन: इज्जत र प्रतिष्ठा बढ्नेछ। अपरिचित व्यक्तिबाट समेत राम्रो सहयोग प्राप्त हुन सक्छ। धन आर्जनको सम्भावना छ। शिक्षामा प्रगति हुनेछ। परिवारभित्र भने मनमुटावको जोखिम रहन सक्छ। कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
आजको राशिफल : भदौ १ गते नाग पञ्चमीमा १२ राशिको यस्तो छ दिन
शेयर गर्नुहोस
